हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु

ताप्लेजुङको खप्टेढुङ्गमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटनामा परेका सात जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । हेलिकोप्टरमा सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको थियो  ।

घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको  र आगो बलेको जानकारी दिएको छ । पाथीभरा दर्शन गरेर फर्कने क्रममा  सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको  साविकको मैयुम गाविसको खप्टेढुंगामा  दुर्घटनामा परेका हुन् ।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्का एक जना सवार थिए ।

 

Spread the love