माओवादीले गर्नुपर्ने काम हर्कजीले गरिरहनु भएकोमा प्रशंसा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले गर्नुपर्ने काम धरानका मेयर हर्कराज राईले गरिरहेको बताएका छन् । काठमाडौं आएका बेला मेयर राईले अध्यक्ष दाहाललाई भेटेर श्रमदानका लागि धरान आउन आग्रह गरेका थिए । शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै अध्यक्ष दाहालले मेयर राईको कामको प्रशंसा गरेका हुन् । कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम मेयर राईले गरेको दाहालले बताए । ‘मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।’ – दाहालले मेयर राईलाई सुझाव दिएका छन् । दाहालले अगाडि भनेका छन्, ‘हर्कमा यसमा निरन्तर रूपमा डटिराख्नु पर्‍यो । कति सक्नु हुन्छ भन्ने मेरो शुभकामना छ ।

Spread the love