क्रसर व्यवसायीसँग पैसा माग्ने हरिरहसिंह राठोरविरूद्ध प्रशासनमा उजुरी

१३ कात्तिक, धादिङ :  कान्तिपुरमा रिपोर्टिङ गर्दै अाएका हरिरहसिंह राठोरविरूद्ध प्रशासनमा उजुरी परेको छ । धादिङ क्रसर उद्योग संघको तर्फबाट शिव रेग्मीले जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता गरिएको उजुरीमा धादिङ क्रसर उद्योग संघका विभिन्न व्यक्तिहरुलाई पैसा माग्ने, मेसेज गर्ने, थर्काउने, कार्य गरेको उजुरीमा उल्लेख गरिएको छ । व्यवसायीसँग धम्काएर चन्दा असुल्ने गरेको भन्दै व्यवसायीले कारबाहीको माग गरेका थिए । स्रोत : दैनिकी 

 

 

Spread the love