अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

काठमाडौं : सन् २०१८ को विदाई र नयाँ वर्ष सन् २०१९ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार  येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।  नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

Spread the love