हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु

१२ कात्तिक, काठमाडौँ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।

Spread the love