अम्बा खानुको यस्तो फाइदा

guava-fruit-amba

काठमाडौं : जाडो मौसममा पाइने अम्बा  स्वास्थ्यवर्दक मानिन्छ । अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा पाइने एक स्वादिष्ट र औषधीय गुणले भरिएको फल हो। यसलाई परापूर्वकाल देखि नै परम्परागत उपचारका प्रयोग गरिने गरिएको छ। यसको पातदेखि  डाठसम्म औषधीय गुणले भरपुर हुन्छ । अम्बा पनि एक यस्तो बोट हो जसको फलसँगै पात पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ ।  यो प्रोटिन, भिटामिन, मिनरल्स तथा फाइबरको स्रोत हो । आर्युवेदिक हिसाबले पनि अम्बा फाइदाजक छ ।मौसमी फलफूल सेवन गर्नु राम्रो मानिन्छ । हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएको छ।

रुघाखोकीमा

अम्बामा भरपूर मात्रामा भिटामिन सि पाइन्छ , जुन शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनमा निकै लाभदायक मानिन्छ । अम्बामा कालो मरिच तथा नुन मिसाएर खानाले कफको समस्या हट्छ ।  पाकेको अम्बा खाएपश्चात्त मनतातो पानीको सेवनले ज्वरोबाट छुटकारा पाइन्छ ।

आँखा तथा छालाको लागि

अम्बामा भरपूर मात्रामा भिटामिन ए पाइन्छ  भएकोले आखाको लागि लाभदायक छ । अम्बाको सेवनले रतन्दो तथा मोतियाविन्दु हुनबाट आखालाई बचाउँछ । अम्बाको सेवनले अनुहारको चाउरीपना कम हुनुका साथै अनुहार कालो हुनबाट जोगाउँछ ।

मदिराको असर कम गर्छ

यदी कसैलाई मदिरा वा भाङको नशा भएमा अम्बाको पत्ताको रस निकै लाभदायक मानिन्छ । अम्बाको पत्ता चपाउनाले मात्र पनि मदिराको ह्याङओभर कम गर्न तथा नशा कम गर्न मद्दत मिल्छ ।

दाँतका समस्यामा

यदी कसैलाई दातमा समस्या छ भने अम्बाको पत्तालाई हल्का रुपमा चपाउनुपर्छ । त्यस्तै, अम्बाको पत्तालाई मनतातो पानीमा उमालेर पिउनाले गिजाको सुजन तथा दातको दुखाईबाट राहत प्रदान गर्छ । अम्बाको पत्तालाई पिसेर मुखमा लाउनाले सास गन्हाउने समस्याबाट समेत राहत मिल्छ ।

कब्जियतको समस्यामा

कब्जियत तथा पेट सम्बन्धि समस्यामा अम्बा रामबाण सावित हुने गर्छ । पेटमा पीडा होस् वा झाडापखाला, अम्बामा नुन हालेर खाएमा यसले तुरुन्तै आराम दिन्छ । त्यस्तै, अम्बाको पत्ताले झाडापखाला फैलाउने व्याक्टेरियालाई रोक्छ । अम्बाको पत्ता चपाउनाले पेटको समस्याबाट राहत दिनुका साथै कब्जियतको समस्या समेत हटाउँछ ।

मधुमेहको रोकथाम

अम्बामा चिनीको मात्रा कम हुने भएकोले  मधुमेहका विरामीको लागि समेत निकै फाइदाजनक मानिन्छ । दिनमा एउटा अम्बाको पत्ता चपाउनाले मात्र पनि मधुमेह नियन्त्रण हुने भएकोले मधुमेहका रोगीहरुलाई दैनिक अम्बा खान सल्लाह दिने गरिन्छ ।

तौल घटाउन

अम्बामा भरपुर मात्रामा प्रोटिन भिटामिन, मिनरल्स लगायतका खनिज पदार्थ पाइन्छ ।अम्बामा पाइने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ । अन्य फलफुलको तुलनामा अम्बामा चिनीको मात्रा समेत कम हुने भएकोले तौल घटाउन मद्दत गर्छ।

Spread the love