वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय !

काठमाडौं:मन्त्रिपरिषद्को बुधबारको बैठकले विराटनगर र वीरगन्ज उपमहानगरलाई महानगरमा स्तरोन्नति गर्ने निर्णय गरेको छ।   सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने निर्णय गरेको हो।  सरकारले यसअघि तराई-मधेसमा २२ स्थानीय तह थप्नुका साथै विराटनगर र वीरगन्ज महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरेको थियो। यी दुई उपमहानगरलाई महानगर बनाउँदा यसअघि कायम रहेको सीमा र वडा संख्यालाई नचलाउने गरी निर्णय गरिएको छ।

Spread the love