गथामुग (घण्टाकर्ण) पर्व

प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाको सहरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा जलाइने गथामुग (घण्टाकर्ण) लाई सर्वसाधारणहरु पिचासको संज्ञा दिन्छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले घण्टाकर्ण पर्व विशेष रुपमा मनाइएको छ । भक्तपुर नगरक्षेत्रका गल्ली–गल्लीमा बडो धुमधामका साथ मनाउने गरिन्छ ।  गथामुथः यसलाई घण्टाकर्ण पर्वपनि भनिने गरिन्छ । आज उपत्यकाका नेवार समुदायले राक्षसको पुत्ला बनाई यसलाई टोलभन्दा केही पर दोबाटोमा लगेर जलाउने परम्परा हरेको छ ।  छ्वालीको घण्टासुर बनाई सेलाउने  परम्परा हरेको छ । 

समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ । यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ ।

Spread the love