दोलखा गैरीमुदी कर्कलेमा नयाँ गुफा फेला प-यो

gairimudi karkale dolakha

२०७२ चैत , दिपक न्यौपाने, दोलखा, गैरीमुदी, कर्कले– दोलखा जिल्लामा रहेको गैरीमुदी गा. बि. स. मा नयाँ गुफा फेला परेको छ । गैरीमुदी मा कार्यरत नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण लुईटेल), ले आफुले केहि समय अघि गुफा छ भन्ने जानकारी पाएको र खोजी कार्यको लागी यहि चैत्र ९ गते दि पावर न्युज डटकमको टोलीलाई खोजी कार्यमा सहयोग गरि प्रचार प्रसार गरिदिनु हुन आग्रह गरेपछि स्थलगत भ्रमण गर्दै सो गुफ फेला परेको हो ।

gairimudi karkale dolakha
तस्विर : शिव पौड्याल

एका पटिबाट अर्को पटि निस्कन अन्दाजी ४५ मिनिेट लाग्ने अनुमान छ । गुफा भित्र पत्रे चट्टान, सामान्य चौताराहरु, पानीका पोखरीहरु देखिने छन् । गुफा भित्र गुफा भित्र हिड्न खासै कठिन नहुने सहज प्रकृतिको रहेको छ । काठमाडौ देखि चरिकोट र तामाकोशी नदि पार गरि जीरि जाने बाटो छाडेर उत्तर पुर्व कच्ची बाटो तर्फलाग्दा घोर मुडा सम्म सहजै गाडीमा यात्रा गदै गैरीमुदी गा. बि. स वडा नं ८ पुग्न सकिन्छ । दोलखा चरिकोटबाट करिब २ घण्टाको मोटरको यात्रा गरेपछि केहि समयको पैदल यात्रा गरेर यो गुफा पुग्न सकिन्छ ।

gairimudi karkale dolakha
तस्विर : शिव पौड्याल

खेजी कार्यमा नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण लुईटेल), गैरिमुदी गा. बि. स. सचिब जयराम घिमिरे, कार्यलय सहायक सुर्य बहादुर थापा, श्री जनज्योती उच्च माबि का शिक्षक दिपक तामाङ्ग भुतपुर्व टिकाराम गीरि, जिबिस प्रतिनिधि स्थानीय बासीहरुको टोली पत्रकार दिपक न्यौपाने, शिब पौड्यल सोहि गा.बि.स.को उपल्लो मुदीको भिरकुना भनिने स्थानमा रेहको यो गुफाानमा पुगेर बास्तवीक तथ्य फेला परेको छ ।

gairimudi karkale dolakha
गुफा खोजीमा संलग्न सहकर्मी साथीहरु तस्विर : शिव पौड्याल

Spread the love