अफगानिस्तानमा बाढीका कारण कम्तीमा २० को मृत्यु


अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण धेरै मानिस बेपत्ता भएका छन् भने त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले जानकारी दिएको छ । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् । देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।

Spread the love