फिफा विश्वकप २०२२: कहिलेदेखि हुँदैछ ?

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम दुईवटा खेल हुने स्थानबारे यसै साता निर्णय गरिने छ। विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन्। कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ।  जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवतः ५० डिग्री सेल्सियससम्म पुग्थ्यो। समान अङ्क भएका अन्तरमहादेशीय टोलीहरूबीच कतारको राजधानी दोहामा ‘प्ले-अफ’ खेल भइरहँदा ती स्थानबारे टुङ्गो लाग्ने छ।  आसन्न विश्वकप फुटबल प्रतियोगिता आउँदो नोभेम्बर महिनामा सुरु हुँदैछ। नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि व्यस्त महिना हुन् र धेरै खेलाडीहरूलाई आआफ्नो देशको निम्ति खेल्न कतार बोलाइने छ।

परिणाम स्वरूप विश्वकप फुटबल सञ्चालन हुनुभन्दा एक साताअघि इङ्ग्ल्यान्डको प्रिमियर लीग, इटलीको सिरी ए र स्पेनको ला लीगाजस्ता युरोपेली लीगहरू स्थगित हुने छन्। ती प्रतियोगिताहरू विश्वकप फुटबल सकेपछि सञ्चालन हुने छन्।  फिफा विश्वकप फुटबल मध्यपूर्वमा हुन लागेको र यो समयमा पनि हुन लागेको पहिलो पटक हो।  कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर त्यो प्रस्ताव अस्वीकृत भयो।

Spread the love