पोलीस युवती फेवातालमा डुबेर बेपत्ता

Fewatal

पोखरा, १६ चैत -पोखराको फेवाताल पारी युनिक टेण्ट भिल्ला नाम गरेको होटल संचालनको तयारी गरिरहेकी एक विदेशी युवती बिहिबार देखि फेवातालमा डुबेर बेपत्ता भएकी छन् । गएको बिहिवार साँझ करिब ६ बजेको समयमा फेवाताल पारीबाट अन्य तिन जना पुरुष साथी सहित आउने क्रममा चलेको हावाहुरीले २६ बर्र्षीय क्याट्रीजन नाम गरेकी ती युवती चढेको डुङ्गा तालमा पल्टिएको र डुङ्गामा सवार अन्य तिन जना पुरुष भने पौडी खेलेर पारी उत्रिएका सफल भएका थिए ।

युवतीसँगै उनी सवार डुङ्गा समेत डुबेको थियो । अहिले सम्म भेटिएको छैन । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार समेत दिनभर खोजी कार्य जारी राखेपनि, केही उपलब्धी हात पारेको छैन । शनिबार प्रहरीले युवतीसँगै डुबेर बच्न सफल भएका अन्य पर्यटकहरुलाई समेत लगेर दुर्घटना स्थलमा खोजी गरेको थियो ।

पोल्याण्डबाटै सामन ल्याएर होटल बनाउन लागेका उनीहरु आफ्नो निजी डुङ्गामा ओहोर दोहोर गरिरहन्थे । कास्की प्रहरीका अनुसार डुङ्गामा सवार हुने बेलामा उनिहरु कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । ‘हामीलाइ लाइफ ज्याकेट लगाउन पर्छ भनेर, कसैले कहिल्यै भनेन ।’ बाँचेकाहरुले प्रहरीसँग भनेका छन् ।

Spread the love