फेसबुकमा मरेको नाटक गर्दा प्रहरी फन्दामा

Uniti Hospital

१५ साउन, काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् । पवर्तको आर्थर डाँडाखर्क ३ का ४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णु दाजुभाइ हुन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले युनिटीका प्रवन्ध निर्देशक विष्णु र तालिम निर्देशक कृष्ण क्षेत्री दाजुभाइलाई नेपाल-भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । विहान साढे ५ बजेतिर लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । 

असार २३ गते विहानै कृष्ण क्षेत्रीले ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भन्दै फेसबुकमा शंकास्पद तस्वीर पोष्ट गरेका थिए ।  यो प्रकरणमा खनालले भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको स्रोतले बताएको छ । मरेको नाटक गरेर प्रहरीलाई चुनौती दिन खोजेका क्षेत्री दाजुभाइ आफैं प्रहरी फन्दामा परेका छन् ।६ लाख २६ हजार बिगो बराबरको जरिवाना सुनाएको थियो । तर, सोही काण्डमा अदालतले कालू गुरुङलगायतका १ सय जनालाई सफाइ दिइएको थियो ।

Spread the love