राजनीतिक जीवनको एउटा अध्याय समाप्त – डा.बाबुराम भट्टराई

dr baburam bhattarai

दिपक न्यौपाने, काठमाडौ – चार दशक लामो राजनीतिक जीवनको एउटा अध्याय समाप्त भएको घोषणा गर्दै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाओवादी पार्टी र सांसद पद परित्याग गरेका छन् । शनिवार राजधानीको इन्द्रेणी प्लाजामा पत्रकार सम्मेलन गर्दै बाबुरामले एमाओवादीको साधारण सदस्य र गोरखा क्षेत्र नम्बर १ को सांसद सदस्यबाट समेत राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेपछि पत्रकारका दुई प्रश्नको छोटो जवाफ दिएर हतार हतार बाहिरिन लाग्दा बाबुरामका आँखामा आँशु टिल्पिलाएको प्रष्टै देखिन्थ्यो । उनी पार्टी छाडेको घोषणा गर्दा भाबुक देखिन्थे ।

०५२ सालमा जनयुद्ध सुरु हुँदासम्म धेरै मानिसहरुले प्रचण्डको नामै सुनेका थिएनन् । कतिपयले ‘प्रचण्ड’ भनेको वास्तविक मान्छे नभई ‘भूमिगत गिरोह’ वा ज्ञानेन्द्रलाई सम्झन्थे भने माओवादी पार्टीलाई बाबुराम भट्टराईको पर्यायवाची ठान्थे । यद्यपि पार्टीभित्र चाँहि बाबुराममाथि गरिने व्यवहार ‘दोस्रो दर्जाको नागरिक’ जस्तै थियो । प्रचण्डसँग २५ वर्षसम्म सँगै रहेर पनि सौतेनी छोराको जस्तो व्यवहार खेप्दै आएका डा. भट्टराईको तीनदशक लामो राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ । डा. भट्टराई माओवादीमै लागेर प्रधानमन्त्रीसम्म बन्न सफल भए । र, सँगैसँगै आँशु खसाल्नुपर्ने अवस्थामा पनि पुगे ।

Spread the love