भूकम्पपीडितका उजुरीको चाङ

bhukampa pidit

असार ५, २०७३- इन्जिनियरले पक्षपात गरेर सक्कली पीडितको नामावली छुटाएको उनीहरूको गुनासो थियो । स्थानीय स्वास्थ्यकर्मीमार्फत घूस मागेको उजुरीबारे छानबिन नै भएन । हरेक गाविसबाट अनुदान लिनबाट वास्तविक पीडित वञ्चित भएको गुनासो दिनानुदिन बढ्दो छ । पुनर्निर्माण चाँडो सुरु गर्न जिल्लाभर नै अनुदान सम्झौता टोलीसँगै पीडितको गुनासो संकलन गर्ने टोली परिचालन गरियो । सचिवमार्फत वितरण गरिएको रातो कार्ड नक्कली पीडितले पनि पाएको बताउँदै निजी घर क्षतिको लगत संकलन गर्न गैरसरकारी संस्थाका इन्जिनियर परिचालन गरिएको थियो । उनीहरूले संकलन गरेको तथ्यांकमा पनि प्रशस्तै त्रुटि भेटिएको पीडितको गुनासो छ । इन्जिनियरहरूले जिल्लाभर ५८ हजार दुई सय ५० निजी घरको अनुदान पाउन योग्य भनेर सूची तयार पारेका थिए । केराबारी गाविसका बासिन्दाले पनि अधिकांश पीडितको नामावली छुटेको जिविसमा जानकारी गराए । केन्द्रविन्दु बारपाकमै पीडित छुटेको भन्दै निवेदन परेको छ ।
रातो कार्ड नक्कली पीडितले पनि पाएको तथ्य भेटिएपछि छानविन समिति गठन गरिएको थियो । समितिले काम नसक्दै इन्जिनियर टोली खटाएर तथ्यांक संकलन गर्दा झनै भद्रगोल भएको हो ।
ताप्ले गाविसका पीडित गुनासो दर्ता गरेर मात्रै अनुदान सम्झौता गर्न तयार भएनन् । उनीहरूले शुक्रबार गाविसको कार्यालयमा तालाबन्दी नै गरे । लाभग्राही सूचीमा नाम छुटेका पीडितले तालाबन्दी गरेको गाविसका सचिव घनश्याम ढकालले बताए । त्यहाँका बासिन्दाले पहिले गुनासोको छानबिन हुनुपर्ने माग राखेका हुन् । नक्कली पीडितले लाभग्राही सूचीमा नामावली भएको तर सक्कली पीडित छुटेकाका कारण गाविसमा काम गर्न गाह्रो भएको अधिकांश सचिवको भनाइ छ ।

Spread the love