डिभी लोटरीमा अक्टोबर २ देखि पासपोर्ट अनिवार्य

DV_America


न्युयोर्क : आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुशार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुशार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुशार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ ।

यसपटक डिभी लोटरी भर्नका लागि डिभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

Spread the love