दूतावासको शरणमा ५३ नेपाली अलपत्र

१४ मंसिर, काठमाडौं । खान बस्नै समस्या भएको  क्याम्प छाडेर साउदीको रियादस्थित नेपाली दूतावासको शरणमा आइपुगेका ५३ नेपाली अलपत्र परेका छन् । नेपाल फर्किने प्रक्रिया नमिल्दा उनीहरु दूतावासको प्राङ्गणमै अलपत्र हुन् । साउदीको हिजास गेट इन्टरनेशनल कम्पनीमा काम गर्ने नेपालीहरु गत मंगलबार नेपाली दूतावास आइपुगेका थिए । श्रम तथा रोजगार मन्त्रालयले दूतावासमार्फत साउदीको उप–श्रम मन्त्रीसँग अलपत्र कामदारको समस्या जानकारी गराइसकेको छ । अलपत्र  सबै युवा क्याम्प छाडेर आएका कामदार दूताबासको खुला चौरमा बसिरहेका छन् । ‘दूताबासमा आइपुगेका सबै नेपालीको रोजगारदता नै सम्पर्कबिहीन छ । रोजगारदाता सम्पर्कमा नआई साउदी सरकारले ‘एक्जिट’ अनुमति दिँदैन ।’

अलपत्र सबै युवा क्षितिज इम्प्लोयमेन्ट सर्भिसमार्फत त्यहाँ पुगेका थिए । कम्पनीले लामो समयदेखि कामदारलाई ब्यवस्थापन गर्ने बताएपनि चासो नदिएपछि कामदारले दूतावासको शरण रोजेका हुन् । उनीहरुलाई रियादको जदिद सनैयाको लेबर क्याम्पमा राखिएको थियो । तर, शिविरमा शुद्ध पिउने पानी पनि नपाएको उनीहरु बताउँछन् ।

Spread the love