दुबईबाट न्युयोर्क आएको ‘इमिरेट्स एयरलाइन्स’का सय यात्रु बिरामी

अमेरिका : अमेरिकाको ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ (सीडीसी) का अनुसार दुबईबाट न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको ‘इमिरेट्स एयरलाइन्स’ का करिब सय यात्रु तथा परिचालक समूहका सदस्यहरु बिरामी परेका छन्।  बुधबार ‘इमिरेट्सको फ्लाइट नम्बर २०३ बाट आएका करिब १०० जनाले आफू बिरामी भएको महसूस गर्दै गुनासो गरेका थिए। ५२१ यात्रु बोकेको इमिरेटसको डबल डेकर उक्त फ्लाइट २०३ जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा न्युयोर्क समय अनुसार बिहान ९ बजे अवतरण गरेको थियो। के कारणले बिरामी भए भन्ने छानबिन गर्न यतिबेला न्यूयोर्कका स्वास्थ्यकर्मीहरु खटिएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्।

Spread the love