संघीयताको विषयमा विषयान्तर हुने ढंगले बढी बहस/छलफल नगर्न भट्टराईको आग्रह

dr baburam bhattarai

१० भदौ, काठमाडौं – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान निर्माणमा राजतन्त्रवादी शक्तिले दुःखमनाउ गर्न आवश्यक नभएको बताएका छन् ।   राजतन्त्रवादी शक्तिले टेक्ने ठाउँ दिइएको भन्दै उनले भने-‘३०-वर्षे निरंकुश पञ्चायतको कालरात्री थियो, त्यसलाई उहाँहरुले पटक-पटक त्यो कालरात्रीतिर र्फकनु हुँदैन भनेर हामीलाई सम्झाइराख्नुभएको छ त्यसको निम्ति हामीले उहाँहरुलाई धन्यवाद दिनुपर्छ । त्यो नै उहाँहरुको भूमिका हो, त्यो नै उहाँहरुको टेक्ने खुट्टा हो ।’ सविधानको विधेयकमाथिको छलफलमा भाग लिँदै भट्टराईले उदार लोकतन्त्रवादी पूँजीवादी शक्ति र अग्रगामी समाजवादी क्रान्तिकारी कम्युनिष्ट शक्तिबीच खिचातानी हुनु स्वभाविक भएको बताए । ‘नयाँ ढंगले पुनःसंरचना गर्दैछौं भने मेरो क्षेत्र, मेरो जिल्ला के भयो, यो टुक्रियो यो टुक्रिएन भन्ने ढंगको बहस अहिले नगरौं’ भट्टराईले भने-‘मिल्यो कि मिलेन भन्ने मिलाउन भोलि संघीय आयोग बन्दैछ, संघीय आयोगले सीमाना मिलाउँदैछ ।’ तर, संघीयताको विषयमा विषयान्तर हुने ढंगले बढी बहस/छलफल नगर्न भट्टराईले आग्रह समेत गरेका छन् ।

Spread the love