अहिलेको संविधानले स्थिरता दिँदैन : बाबुराम

dr baburam bhattarai

नेपालगन्ज: नयाँशक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईले नयाँ बनेको संविधानले मुलुकलाई स्थिरता नदिने बताएका छन् ।
नयाँशक्ति नेपालले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा नेता भट्टराईले नयाँ संविधानले केही आधार मात्र तयार गरेको बताए । ‘अहिलेको संविधानले स्थिरता दिँदैन, केही आधार तयार मात्र गरेको छ’, उनले भने’, उनले भने, ‘संविधानलाई पुर्ण बनाउन धेरै संशोधन गर्नुपर्ने बताए ।’
पुराना शक्तिले भत्काउन मात्र जानेको बताउदै नयाँ निर्माणको नयाँ पार्टी चाहिने बताए । ‘प्रचण्डबाट रुपान्तरण सम्भव छैन’, उनले भने, ‘प्रचण्डबाट मात्र होइन पुराना पार्टी बाट नयाँ कामको सम्भवना छैन, त्यसैले नयाँशक्ति चाहिएको हो । उनले मुुलुकमा अर्को माओवादी जन्माउन नयाँ पार्टीको परिकल्पना नगरिएको बताए । ‘अर्को माओवादीको आवश्यकता छैन’, उनले भने, ‘छोटो अवधिमा मुलुकलाई समृद्ध बनाउन नयाँ पार्टीको आवश्यकता भएको हो ।’ उनले दुई अंकको आर्थिक बृद्धि गरि मुलुकलाई १०÷१५ वर्षभित्र समृद्ध बनाउन नयाँ पार्टीको गठन हुन लागेको बताए ।

Spread the love