नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा – डा. बाबुराम भट्टराई

Baburam-Bhattarai

१० माघ, काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषदको घोषणा हुँदैछ । स्रोतका अनुसार आज नायिका करिश्मा मानन्धर र निर्माता अशोक शर्मा औपचारिक रुपमा नयाँ शक्तिमा आवद्ध हुनेछन् । यसैगरी पूर्व एआईजी गणेश राई पनि नयाँ शक्तिमा लाग्नेछन् । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गर्नेछन् । पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति नेताहरु पनि नयाँ शक्ति निर्माण अभियानमा छन् ।   नयाँ शक्ति निर्माण अभियान राष्ट्रिय परिषद् घोषणा गर्दैछन् । यसका लागि भट्टराईले पत्रकार सम्मेलन राखेका छन् ।

Spread the love