करोडौँ बजेटको नासो बोकेर सांसद शाही गृह जिल्ला पुगे

रामचन्द्र न्यौपाने, त्रिपुराकोट(डोल्पा) २१ भदौ : प्रदेशसभा सांसद बिर बहादुर शाही करोडौँ बजेटको नासो सहित गृह जिल्ला डोल्पा पुगेकाछन् । भदौ १९ गते डोल्पा पुगेका सांसद शाहीले आव ०७५÷०७६ का लागि संघ र प्रदेशबाट २० करोडको हाराहारीमा बजेट हालेको बताएकाछन् । “यो आवको बजेटमा आफ्नो क्षेत्रको शिक्षा,स्वास्थ्य,यातायात,पर्यटन सबै क्षेत्रलाई प्राथामिकता राखेर बजेट बिनियोजन भएको छ” शाहीले भने ।
“शर्मी–काईगँउ मोटरबाटोकालागि ३ करोड,चुँ गाड–लिकु हुँदै बलाङ्ग्रासम्म मोटरबाटो निर्माणकालागि १ करोड,जगदुल्ला गाँउपालिकामा हाईटेक नर्सरी निर्माणकालागि १ करोड,सोही गाँउपालिकामा चौरी पालनकालागि ५० लाख बजेट प्रदेश सरकाले बिनियोजन गरेको छ” शाहीले भने । “बजेट छुट्याउने कुरामा कमीहुन दिएका छैनौ,त्यसमा तत्कालिन एमालेबाट प्रदेशभामा प्रतिनिधित्व गर्नु भएaकी समानुपातिक सांसद बदमी क्वारी बुढाको पनि उत्तिकै हात छ”शाहीले भने ।
स्वास्थ क्षेत्रमा १ करोड बराबर बजेट छ,पर्यटनमा ४ करोड बजेट छ,शिक्षामा १ करोड छ,हाईड्रो पावरमा ५ करोड बजेट बिनियोजन भएको बताईएको छ । “त्रिवेणी–काईगँउ सडकलाई प्रदेश सरकारले गौरवको आयोजनामा सुचिकृत गरेको छ,जुम्ला–त्रिपुराकोट सडक पनि प्रदेश सरकारको गौरवको आयोजनामै परेको छ यो कुरा डोल्पालीका जनताकालगि खुशीको कुरा हो” शाहीले भने ।
त्यसैगरि काईगँउ फोक्सुन्डो हुँदै क्याटो नाकासम्मको बाटो पनि केन्द्र सरकारको प्राथमिकतामा परेको बताईएको छ । “करोडाँैको बजेटको नासो ल्याएर आएको छु,तपाईहरुले बजेटको सहि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास छ जनतालाई भने,अहिले बजेटको बारेमा जानकारी दिन आएको छु,फेरी पनि बजेटको कार्यन्वयन कसरी भयो भएन त्यो पनिहेर्न आउँछु” सांसद शाहीले जनतासँग भने । “भ्रष्टाचारको शुन्य पार्दै जानुपर्छ म आँउदा बिकास बजेटमा भ्रष्टाचार अनियमितता गरेको पाईएपछि राम्रोहुने छैन”भेटका क्रममा पुगेका जनता र जनप्रतिनिधिलाई शाहीले भने । त्यसैगरि यसै पटक बर्षातको समयमा बाढी पहिरो लगाएत प्राकृतिक प्रकोपबाट पिडित जनताको अवस्था बुझ्ने र उनीहरुकालाई क्षतीपुर्तीकालागि प्रदेश सरकालाई पहल गर्ने बताईएको छ । हामिले भागबण्डालगाउने गरि बजेट भित्रयाएका छैनौ,जुन ठाँउमा जे आवाश्यक्ता छ सोही अनुरुपमात्रै बिकास पारेका छौँ”शाहीले भने । आफ्नो क्षेत्रमा तीन वटा स्थानीय तह र ३५ वटा वडा छन्,स्थानीय तथ वडा सरकार प्रमुखहरुलाई भेटेर आफ्नो क्षेत्रमा सक्दो बिकास गर्न र विकासमा पारदर्शीता ल्याउन आग्रहगर्ने कार्यक्रम रहेको शाहीले बताए ।
बिशेष गरेर शिक्षा,स्वास्थ,यातायात क्षेत्रको बिकासमा जोडदिन जनप्रतिनिधिहरुलाई सुझाएको शाहीले बताए ।“आफ्नो अर्काको नभनेर काम गर्नुस,बिपक्षि पार्टी भनेर कहिल्यै पनि जनतालाई बायस गर्ने काम नर्गुहोला,जनप्रतिनिधिकालागि सबै जनता बराबर हुन्छन्”भेटका क्रममा जनप्रतिनिधिहरुलाई शाहीले भने । “डोल्पाको विकासमा ईटा थप्न सांसद भएको हुँ,जनताको सुख दुखमा साथ दिनु आफ्नो दायित्व सम्झेको छु” शाहीले भने । शाही प्रदेश क्षेत्र नं ख मा बामगठबन्धनबाट बिजय भएका थिए ।

Spread the love