गुफा भित्र अनौठो मन्दिर – प्र.स.नी. लाल प्रसाद लुईटेल

gairimudi 5 karkale dolakha

२०७२ चैत , दिपक न्यौपाने, दोलखा, गैरीमुदी, कर्कले– दोलखा जिल्लामा रहेको गैरिमुदी गा. बि. स. मा रहेको खोला किनारामा गुफा भित्र अनौठो मन्दीर फेला परेको छ । गैरिमुदीमा कार्यरत नेपाल प्रहरीका प्र.स.नी. लाल प्रसाद लुईटेलले यहि चैत्र ९ गते दि पावर न्युज डटकमको टोलीलाई खोजी कार्यमा सहयोग गरि प्रचार प्रसार गरिदिनु हुन आग्रह गरेपछि स्थलगत भ्रमण गर्दै सो गुफा भित्र अनौठो मन्दीर फेला परेको हो ।

gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

देख्दा सामान्य होला भन्ने भान हुने तर गुफा भित्र पसेपछि बिभिन्न देबि देवताको स्वरुपको आकिृति देख्न सकिने गाईका धुनबाट दुध झरिरहेको आकृतिकहरु प्रसस्तै देख्न सकिने, कमलका फुल जस्ता आकृतिहरु हात्त्तिका सुड जस्ता आकृतिहरु पानीका साना जलधाराहरु गुफा भित्र अनौठो मन्दिरको दृश्यावलोकनले गर्दा अत्यन्तै मन प्रफुल्ल हुने गर्दछ ।

gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

स्थानीय बासी तथा गा . बि.स प्रतिनिधिहरुले समेत यो क्षेत्रमा यस्ता ठाउ लुकेर रहेका छन् । भन्ने थाहा नपाएको बताए ।
काठमाडौ देखि चरिकोट र तामाकोशी नदि पार गरि जीरि जाने बाटो छाडेर उत्तर पुर्व कच्ची बाटो तर्फलाग्दा घोर मुडा सम्म सहजै गाडीमा यात्रा गदै गैरीमुदी गा. बि. स वडा नं ८ पुग्न सकिन्छ । दोलखा चरिकोटबाट करिब २ घण्टाको मोटरको यात्रा गरेपछि केहि समयको पैदल यात्रा गरेर यो गुफा पुग्न सकिन्छ ।
खोज अनुसन्धानमा पुगेका टोलीहरु
तस्विर : शिव पौड्याल

यस क्षेत्रमा रहेका बिभिन्न स्थानको परिचय गराउन सके यस ठाउको पर्यटन प्रर्बधनमा टेवा पुने छ भन्ने स्थानीयको आसा छ । आज सम्म पनि स्थानीय बासीहरुले पनि थाहा नपाएको र आजसम्म कोहि पनि नआएकाले खोजी हुन नसकेको हो । दि पावर न्युज डटकम मिडिया पहिलो उपस्थिती भएको भन्दै खुसि व्यक्त्त गरे
gairimudi 5 karkale dolakha
तस्विर : शिव पौड्याल

Spread the love