नेपाल मा बेबारिसे प्राणी हरु को दर्दनाक स्थिति

सुरजि कोइराला- ससारमा मान्छेलाई बाँच्ने अधिकार जति छ त्यति नै अधिकार पशु पक्षीलाई पनि छ । समग्रमा भन्ने हो भने यो पृथ्वी हामी सबैको साझा थलो हो । बिश्वभर यी कुराहरुको जतिसुकै बहस चले पनि आखिर मान्छेले नै अरु सबै प्रणी माथि आफ्नो आधिकार जमाएको छ ।
बन्यजन्तुदेखि चरा चुरुङी सबै हाम्रो प्रकृतिलाई निकै महत्वपूर्ण मनिन्छन । बिश्वमा भुस्याहा कुकुरको स्थिति निकै नाजुक रहेको छ । त्यस्को तुलनामा नेपालमा त भन्ने हो भने निकै दर्दनाक रहेको छ । जनस्तरबाट केही हुन सकेको छैन । सरकारलाई केही वास्ता छैन । दिन प्रतिदिन भुस्याहा कुकुरहरु बाटोमा मरिराखेका हुन्छन त्यस्को उचित ब्यबस्थापन हुन नसक्दा सडक गल्लीहरु दुर्गन्धित भएको छ ।

बिशेषतः काठमाडौंमा तिब्र गतिको गाडीले ठक्कर दिएर मर्ने भुस्याहा कुकुरको सङ्ख्या पनि निकै धेरै पुगिसक्यो । सडकमा मारिएका ती कुकुरका शवहरु कैयौं दिनसम्म दुर्गन्ध फैलाएर सडकमा हुन्छन् । सरकारी तबरबाट उचित उचित ब्यबस्थाप हुन सकेको छैन ।
त्यस्तै उचित समयमा परिवार नियोजनका इन्जेक्सन दिने कार्य गर्दा केही हदसम्म कुकुरको सङ्ख्यामा सुधार आउथ्यो । किनभने इन्जेक्सन दिएपछि कुकुरले धेरै बच्चा पाउन सक्दैन । त्यस्तै ती कुकुरहरुलाई शहर बाहिर लगेर पनि ब्यबस्थापन गर्न सकिन्छ ।

इन्जिनियर तथा एन्जेल्स नेपाल का अक्ष्यक्ष मनिषा पाण्डे भन्नुहुन्छ “काठमाडौं को प्रमुख समस्यामध्ये भुस्याहा कुकुर र साथै बेबारिसे पशु पनि एक हो । यसको समाधानका लागि सरकारको मुख ताक्ने मत्र होइन कि हामीले हाम्रो तर्फबाट पहल गर्ने हो भने, आआफ्नो टोलबाट अभियानकै रुपमा अघि बढाउने हो भने काठमाडौंको त्यो समस्या भोलि समाधान हुन्छ । यति नाजुक स्थिति भइसक्दा पनि हाम्रो ध्यान पुग्न नसक्नु भनेको हाम्रो सोच बिकसित नभएर हो कि भन्ने लाग्छ ।“

त्यस्तै एन्जेल्स नेपाल का सह-सस्थापक निशा पाण्डे भन्नु हुन्छ- अब यो अभियान मा युबा हरु को भूमिका निकै प्रभाबकारी भइ सक्यो । हरेक प्रणी हरु को दुख हामी ले आफ्नो जस्तै गरी सोचे समधान निस्किन्छ । हामी ले आफ्नो तर्फ बाट आज केहि गरे भोली का पुस्ता हरु ले समेत केहि सिक्ने बाटो हुनेछ ।

गल्लीगल्लीमा निर्दोष पशुहरुलाई बिनाकारण कुटपिट गरिएको पाइन्छ । त्यो एक किसिमको अपराध हो । निर्दोष पशुलाई मार्नु समाधान होइन । साथै एक सभ्य मान्छेको परिचय पनि होइन । त्यसले सभ्य बनौ सभ्य नगरिक को परिचय दिऊ ।

Spread the love