धुर्मुस-सुन्तलीले बनाएको नमूना बस्ती स्थानीयलाई हस्तान्तरण

१२ कात्तिक, गिरानचौर (सिन्धुपाल्चोक) । २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त गिरानचौरका तामाङ बस्ती एकीकृत रुपमा बनाउने उद्घोष गर्दै  कामहरु शिलन्यास गरिएको हो ।शुक्रबार सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस-सुन्तलीको जोडीले राज्यले गर्न नसकेको काम गरेर राष्ट्रपतिलाई निम्त्याए । गत बैशाख १२ गते शिलान्यास गरेर निर्माण थालेको बस्ती शुक्रबारबाट स्थानीयलाई हस्तान्तरण गरिएको हो । चार कोठाको दुई तले प्रत्येक घरमा शौचालय र धारा जडान गरिएको छ । बालउद्यान, पार्किङ, सडक, विद्युतको व्यवस्था गरिएको छ ।dhurmush suntali made house

आफ्नो लगानी बिना नै आकर्षक, पूर्वाधारयुक्त र सुविधा सम्पन्न बस्ती निर्माण भएपछि गिरानचौरबासी खुसी भएका छन् । उनीहरुले धुर्मुस सुन्तलीको अभियानले आफूहरुलाई ठूलो राहत पुगेको बताए । बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो । हाम्रो दुःखमा साथ दिएर धुर्मुस सुन्तलीले ठूलो उपकार गरेका छन्, स्थानीय कृष्णबहादुर तामाङले भने, ‘यो बस्तीले उनीहरुलाई कहिल्यै भुल्ने छैन् ।’ अभियान सुरु गरेपछि व्यक्ति र संस्था मार्फत् छ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ सहयोग संकलन भएको फाउण्डेसनले जनाएको छ ।

Spread the love