धरहरा बनाउन मन्त्रीहरुको एक महिनाको तलब

Nepal Earthquake
काठमाडौं- बैसाख १२ को शक्तिशाली भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् । मन्त्रिपरिषद्ले धरहराको पुननिर्माणको शिलान्यास कार्यक्रम भत्केको एक वर्ष पुगेको दिन २०७३ वैसाख १२ गते  गर्ने निर्णय गरेको छ।  भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । मंगलबार दिउँसो भएको ऐतिहासिक धरोहर पुननिर्माण संकल्प कार्यक्रममा प्रम ओलीले ‘म बनाउँछु धरहरा’ अन्तरगत आफ्नो एक महिनाको तलब धरहरा बनाउन प्रदान गर्ने घोषणा गरेका थिए ।
‘धरहरा पुन:निर्माणका लागि आम सर्वसाधरणलाई पनि आफूले सक्ने योगदान दिन आग्रह गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ’, सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, ‘धरहरा पुन:निर्माणको शुरुवातसँगै अन्य एेतिहासिक धरोहरहरु पनि पुन:निर्माणकार्य अघि बढाइनेछ ।’
Spread the love