धादिङको जाेगिमारामा बस जुध्दा ४ को मृत्यु – १४ जना घाइते

map of dhading

१६ चैत, धादिङवेशी । धादिङको जोगिमारामा सोमबार विहान दुईवटा बस ठोक्किँदा पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।  काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ४५९३ बस र पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक सवार बा १ प १००२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा ठोक्किएका हुन् । दुर्घटनामा पर्यटक सवार बसका चालकसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतक विदेशी पर्यटकसमेत छन् । उनीहरुको सनाखत भैसकेको छैन ।

घाइतेहरुको जोगिमारा अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगिमाराको टोली, ट्राफिक प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका छन् ।

Spread the love