देउवा र ज्ञानेन्द्रविरुद्ध उजुरी !

deuwa and gayandra

२४ जेठ, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् । स्रोत :- राजधानी दैनिक

Spread the love