प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता

नयाँदिल्ली : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री  देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । भोलि नै प्रधानमन्त्री देउवाको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष समारोहमा भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने  छ भने ।  संयुक्त प्रेस वक्तव्य पनि जारी गरिने कार्यक्रम रहेको छ ।

Spread the love