लकडाउन अवधिमा नेपालमा ३० सुत्केरी महिलाको मृत्यु

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लकडाउन अवधिमा नेपालमा ३० सुत्केरी महिलाको मृत्यु हुनेगरेको पाईएको छ ।

अन्तिम अवस्थामा मात्रै अस्पताल पुर्‍याउनु, रक्तश्राव, परिवारको लापरबाही, पाठेघर फुटेको जस्ता समस्याले अस्पताल पुगेपनि बचाउन नसकिएको मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो सङ्ख्या झण्डै चार गुणा ज्यादा छ। लकडाउनको अवधिमा २८ जना गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै ज्यान गएको पाइएको छ ।

Spread the love