दुर्गापूजा एवं विजयोत्सवसँग फुलपाती बढाइँ

नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरेको छ । शुक्रबार गोरखाबाट ल्याइएको फुलपाती हनुमानढोका भित्र्याइएको छ । काठमाडौंको दसैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको हो । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमल पुगेको थियो । डमलबाट डोलीमा राखेर फूलपाती हनुमान ढोका ल्याइएको थियो ।  सेनाले यस वर्षको फूलपाती बढाइलाई विशेष रुपमा गरेको हो । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी  प्रमुख अतिथिका रुपमा उपस्थित थिइन् । सँगै समारोहमा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, संवैधानिक निकायका प्रमुख र मन्त्रिपरिषद्का सदस्यको उपस्थिति थियो । अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ  हर्षोल्लासका साथ मनाउँदै आएको थियो । यस वर्षको बढाइँ भव्य भए पनि उपस्थिति भने विशेष व्यक्तित्वको मात्र थियो । दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहेको छ ।

Spread the love