श्रीलंकामा डेंगुको प्रकोप

कोलम्बो  : श्रीलंकामा सन् २०२२ को आठ महिना अवधिमा करिब ५० हजार डेंगुका बिरामी फेला परेका छन्। कोलम्बो, गाम्पाहा र कालुतारा जिल्लासहित पश्चिमी प्रान्तमा कुल संक्रमितमध्ये ५० प्रतिशत भेटिएका छन्।  यो राष्ट्रिय डेंगु नियन्त्रण एकाइ (एनडीसीयू)को विवरण हो। सञ्चारमाध्यमका अनुसार डेंगुबाट प्रभावित भई ४९ हजार ९ सय ४१ जना अस्पताल भर्ना भएका छन्।

डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्न प्रयोग हुने रसायन र कीटनाशक औषधि खरिदका लागि सीएमसीसँग रकम नहुँदा वार्षिक लामखुट्टे नियन्त्रण कार्यक्रममा चुनौतीको सामना गर्नुपरेको विजेमुनीले बताए।   डेंगु बिरामी जुन, अगस्ट र नोभेम्बरदेखि जनवरीको बीचमा बढ्ने गरेका छन्।

Spread the love