यो तोडफोडको राजनीति किन? कान्छा भण्डारीको नाकामा रबरको गोली ………..

नुवाकाेटमा प्रहरीद्वारा ४७ राउण्ड रबरको गोली र २२ सेल टियर ग्यास प्रहार, ३ जनालाई गोली लाग्यो, १७ घाइते भएका छन् । कांग्रेस नेता रामशरण महतले जागरण सभा गर्दै गर्दा आन्दोलनरत पक्ष र प्रहरी बीच झडपपछि अश्रुग्यास र रबरको गोली फायर भएको छ ।  डेढ सय मिटर पर पूर्वीभेगमा ११ दिनदेखि लिखु गाउँपालिका माग गर्दै आएका स्थानीयवासी नारा लगाउँदै थिए । सूर्यमति–२ का सुजन न्यौपानेको गाला र पातामा, सोही वडाका लक्ष्मण गुणी तिघ्रामा, सूर्यमति–१ को कान्छा भण्डारीको नाकामा रबरको गोली लागेको छ ।  नारा लगाएको केही मिनेटमा बजारको पश्चिमतर्फ भैरहेको कार्यक्रम तर्फ ढुंगा प्रहार भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले टियर ग्यास छोडेको थियो । नेता महतले अनेत्र प्रहरी र स्थानीय प्रशासनले बन्द खुलाएर जीवन सामान्य बनाउने गरेको तर नुवाकोटमा त्यसो नभएकोमा आक्रोस पोखेका थिए । नेता महतले अनेत्र प्रहरी र स्थानीय प्रशासनले बन्द खुलाएर जीवन सामान्य बनाउने गरेको तर नुवाकोटमा  नभएकोमा नेता महतले आक्रोश पोखे ।

Spread the love