नेपालमा कोरोना संक्रमितको संख्या ९९

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ७९४ जनाको स्वास्थ्य परीक्षण गर्दा ४२ महिला र ५७ पुरुष गरेर ९९ जनामा संक्रमण पुष्टि भएको छ ।  नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ।  पछिल्लो २४ घण्टामा थप २४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्। यो सँगै उपचारपछि निको हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ। नेपालमा निको हुने दर भने ९८ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिले देशभर एक हजार ९५९ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ९५ जना क्वारेन्टिनमा र एक हजार ९५९ जना आइसोलेशनमा छन्।

 

 

 

Spread the love