नेपाली परिवारका आठैजना सङ्क्रमणपछि निको भए

भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना नेपालीले आफूहरूले अर्को जीवन पाएको अनुभव सुनाएका छन्। यसअघि सवारी दुर्घटनामा परेर बाँच्न सफल परिवारका मूलीले चाहीँ आफूले तेश्रो जीवन पाएको सन्तोष व्यक्त गरेका छन्। तीनवटा अलग-अलग अस्पतालमा झण्डै साढे तीन साताको उपचारपछि निको भएका उ आफ्नो घरमा आराम गरिरहेका छन्।

कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको थियो। त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराउने निधो गरे। सङ्क्रमण भएको यसरी थाहा भयो कोभिड-१९ । स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड-१९ देखिएपछि उनलाई अस्पतालमा भर्ना गरियो। एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परीक्षण गराएको थियो। कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका एकै परिवारका आठ जना नेपालीले आफूहरूले अर्को जीवन पाएका छन्।

Spread the love