कोरोना संक्रमणको उपचारका लागि अमेरिकाको औषधी

कोरोना संक्रमणको उपचारका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासनले रेम्डिसिभिर नामको औषधीलाई पूर्णरुपमा स्वीकृति प्रदान गरेको छ ।  भेक्लरी नामको ब्राण्डनाम अन्तरगत यो औषधी मे महिनादेखि आपतकालिन स्वीकृतिका रुपमा प्रयोग भइरहेको थियो । अहिले भने यो औषधीले पूर्णरुपमा स्वीकृति पाएको हो । यो एन्टीभाइरल औषधीले कोरोना संक्रमितहरुमा प्रभावकारी रुपमा काम गरिरहेको जनाइएको छ । औषधी कोभिड १९ को उपचारका लागि स्वीकृत पहिलो औषधी बनेको छ । अमेरिकामा अस्पतालमा भर्ना भएका १२ बर्ष वा त्यो भन्दा माथिका तथा ४० किलोभन्दा बढी तौल भएकाहरुको उपचारमा प्रयोग गरिदै आएको छ ।

 अमेरिकन अध्ययनले यो औषधीबाट कोरोना संक्रमितहरु छिटो निको भएको पुष्टी गरेको छ ।   यो औषधीको प्रयोगबाट बिरामीहरु ११ दिनमा नै निको भएको अध्ययनले देखाएको छ । आजको स्वीकृति विभिन्न खालका क्लीनिकल परीक्षण पछि दिइएको हो । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले यो स्वीकृतिलाई महत्वपूर्ण बैज्ञानिक कोषेढुंगा बताएको छ । अहिलेसम्म कोरोनाबिरुद्धका भ्याक्सिन भने आइसकेको छैन । झण्डै १० प्रकारका भ्याक्सिनहरु अन्तिम चरणको क्लीनिकल परीक्षणका क्रममा रहेका छन् ।

Spread the love