चितवन मेडिकल कलेजबाट पेस्तोल


काठमाडौँ  : चितवन मेडिकल कलेज परिसरबाट गोलीसहित पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि देखेपछि प्रहरीले छापा मार्दा प्रहरीले सो सर्ट गन फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सो होस्टेललाई घेरा हालेर थप खानतलासी गरिरहेको छ । नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको छ । 
नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द होस्टेलमा बस्दै आएको हुनाले सो सर्ट उनले ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Spread the love