ने वि संघ शहीद स्मृति द्धारा चक्काजाम र पुत्लादहन


चितवन : भारत द्वारा अतिक्रमित नेपाली भूभाग कालापानी र लिपुलेक नेपाल कै हो भन्दै शहिद स्मृति नेपाल विद्यार्थी संघका विद्यार्थीहरू आन्दोलित भएका छन्। कालापानी र लिपुलेक हाम्रो हो भन्दै भारतीय विस्तारवादको नितिको कडा विरोध गर्दै चक्काजाम र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका उपाध्यक्ष अनमोल अधिकारीले हाम्रो मातृभूमिबाट भारतिय सेना नहटे त्यसको प्रतिरोध अब विद्यार्थी मात्र नभई हरेक नेपालीले गर्ने चेतावनी दिनुभयो। भारतीय विस्तारवादको विरुद्ध हरेक नेपाली एक ठाउँमा उभिन र आवश्यकता परे नेपाल आमाको लागि रगत बगाउन तयार हुनुपर्ने उद्घोष गर्नुभयो।नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ,रोशन बस्नेत, जिल्ला सदस्य रविन क्षेत्री,नरेश भट्ट लगायतले आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रम ने वि संघ शहीद स्मृतिका अध्यक्ष विवेक उदाषको सभापतित्वमा सम्पन्न भएको थियो।

Spread the love