चितवनको पहाडी गाउँमा बाढी र पहिरोका कारण दुईजनाको मृत्यु

map of chitwan

चितवन- बुधबार परेको अविरल वर्षाका कारण चितवनको पहाडी गाउँमा पहिरोले पुरिएर र खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय चितवनले लिएको जानकारीअनुसार काउले गाविस वडा नं ७ का हरिबहादुर चेपाङकी छ वर्षीया छोरी अरुणा चेपाङको घर पहिरोमा पुरिँदा मृत्यु भएको छ ।  बिहान १ बजे पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जानकारी दिएको छ ।

 यसैगरी, काउले गाविस वडा नं ६ को भोटेगाउँका २८ वर्षीय सुकबहादुर चेपाङको खोलाले बगाएर मृत्यु भएको बाढीका कारण जिल्लाका पहाडी गाउँ पदमपुर, शक्तिखोर, काउलेलगायतका क्षेत्र र बछौली प्रभावित भएको  पदमपुरको बुङ्खोलाले ३० घर डुबानमा पारेको छ भने राप्तीनदीका कारण सौराहाको नदी किनारमा रहेका होटल डुबानमा परेका छन् । रासस

Spread the love