चीनले नेपालीलाई ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थाल्यो

nepal or china

काठमाडौं : उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड  आवासीय अनुमतिपत्र उपलब्ध गराउन थालेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन्। उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताए। तिब्बतको गृह मन्त्रालयका अधिकारीले ११८ नेपालीलाई ग्रिनकार्ड उपलब्ध गराएको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले अन्नपूर्णलाई बताए। उनका अनुसार ग्रिनकार्ड पाउने ११८ मध्ये महावाणिज्यदूतावासमा स्थानीय कर्मचारीका रूपमा काम गर्ने दुईजना नेपालीसमेत छन्। नेपाली राहदानीको म्याद दस वर्ष बहाल रहने हुँदा सोहीअनुसार ती नेपालीले तिब्बतमा दसबर्से बसोबास अनुमतिपत्र पाएको छ। नेपालीलाई ग्रिनकार्ड दिइएको सम्बन्धमा चीनले नेपाल सरकारलाई चाँडै जानकारी गराउने भएको छ।   चीनको केन्द्रीय गृह मन्त्रालयका अनुसार गत वर्षसम्म १,५७६ जना विदेशी नागरिकले आवासीय अनुमतिपत्र पाएका छन्। चीनले सन् २००५ देखि विदेशीलाई ग्रिनकार्ड उपलब्ध गराउन थालेको हो। अहिले चीनले ग्रिनकार्ड दिने काममा सुधार गर्न थालेको छ।

Spread the love