अन्तरिक्षमा दोस्रो प्रयोगशाला स्थापना – चीन

shenzhou-10-mission

फाल्गुन १७, २०७२ – चीनले आइतबार चालु वर्षको उत्तराद्र्धमा पृथ्वी कक्षमा दोस्रो अन्तरिक्ष प्रयोगशाला पठाउने घोषणा गरेको छ । टियानगोङ–२ पाँच वर्षको बीचमा चीनले स्थापना गर्न लागेको दोस्रो अन्तरिक्ष प्रयोगशाला हो । उक्त प्रयोगशाला स्थापना एउटा मानवयुक्त यान पनि पठाइने भएको छ ।  प्रयोगशाला प्रक्षेपण सफल भएमा सेनझाउ–११ नामक यान दुई अन्तरिक्ष यात्री बोकेर पृथ्वी कक्षतर्फ जानेछ । त्यसले त्यहाँ टियानगोङसँग जोडिन कोसिस गर्नेछ ।

‘हाम्रो मध्यम आकारका रकेटका पछिल्लो पिँढीका लागि यो प्राथमिक मोडल हो । यसको प्रक्षेपणबाट चीनको अन्तरिक्ष क्षमतामा व्यापक सुधार आउनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यी सबै परीक्षण सन् २०२० सम्म आफ्नै अन्तरिक्ष स्टेसन बनाउने चीनको बृहत्तर लक्ष्यसँग जोडिन्छन् । टियानगोङ शृंखला अन्तरिक्ष केन्द्रकै प्रारूप हुन् । पछिल्ला चार दशकमा भने चीनले अन्तरिक्षसम्बन्धी अनुसन्धान र तालिमका लागि चीनले अथाह पैसा खर्च गरिसकेको छ । यसले सन् २००३ अक्टोबरमा पहिलो अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको हो । अमेरिका र रूसले अन्तरिक्ष कार्यक्रममा धेरै प्रगति गरिसकेको अवस्थामा चीन ढिलो गरी यो दौडमा मिसिएको हो । यसले सन् १९७० मा मात्र आफ्नो पहिलो भूउपग्रह अन्तरिक्षमा पठाएको हो । जबकि त्यसको ११ वर्षअघि नै अमेरिकाले चन्द्रमामा मानव पाइला टेकाउन सफल भएको हो ।

Spread the love