चीनको चासो :नेपालको नयाँ राष्ट्रपतिसँग चीनको अपेक्षा

Lu-Kang

१२ कात्तिक, काठमाडौं – मधेसमा चीनविरोधी गतिविधिहरु बढिरहेका छन् । मधेसवादी नेताहरु खुलेआम चीनको विरोधमा उत्रन थालेका छन् । कतिपय ठाउँमा चीनको झण्डा जलाउनेसम्मका घटना भएका छन् । नेपालको तराई मधेसमा चीनविरोधी गतिविधि बढ्न थालेका बेला चीन सरकारले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता एवं भौगोलिक अखण्डताका विषयमा चासो राखेको छ ।nदक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला उत्तरी छिमेकी चीनले नेपालको ‘भौगोलिक अखण्डता’मा जोड दिएको छ । चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबार नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताएका हुन् ।द्ध नेपाल निर्माणमा जुट्नेछन् ।’

Spread the love