आमाले खुकुरी प्रहार गरी छोराको हत्या

भोजपुरको पानीट्याङ्कीमा आफ्नै आमाले खुकुरी प्रहार गरी तीन वर्षीय छोराको हत्या गरेको छ । प्रहरीका अनुसार बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको जानकारी दिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार पानीट्याङ्कीमा कोठा भाडामा बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको जानकारी दिएको छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको जानकारी दिएको छ ।

Spread the love