अवैध रुपमा भित्र्याइएको रु छ लाख मूल्य बराबरका चाँदीका गहना बरामद

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ३९७९ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले रु छ लाख २७ हजार मूल्य बराबरका १४ किलो ६७५ ग्राम चाँदीका गहनामा  बरामद गरेको  छ । जिल्ला प्रहरीका अनुसार बसलाई गण्डक चोकमा रोकी जाँच गर्दा सिटमुनि लुकाइराखेको झोलाबाट  गहना बरामद गरिएकोे जानकारी  दिएको  छ ।  गहनालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Spread the love