रक्सी खाँदा ३ जनाको मृत्यु

रक्सी खाँदा ३ जनाको मृत्यु

रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका उनीहरु सोही ठाउँमै रक्सी सेवन गरी बेलुका सकुशल सुतेकामा बिहान मृत अवस्थामा फेला परेका थिए ।

अमेरिकाबाट ४५ नेपालीलाई देशनिकाला

आर्थिक बर्ष सन् २०१७ मा पनि आइसले ४५ जना नेपालीहरुलाई नै अमेरिकाबाट देशनिकाला गरेको थियो ।  अमेरिकाबाट आर्थिक बर्ष सन् २०१८ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको छ । उनीहरु प्राय गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरु हुन् । गतबर्ष र यसबर्ष आइसमार्फत अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु बराबर छन् । यो तथ्यांकमा देशनिकालाको प्रकृयाका लागि आइसमा पठाइएकाहरुको विवरणमात्र उल्लेख छ ।

तीब्र प्रकारको देशनिकाला र भोलेन्टियर रिटर्नमा परेकाहरु पनि आइसको हिराशतमा परेको भएमा यो तथ्यांकमा उल्लेख छ । आइसले हिराशतमा नलिएका तर युएस बोर्डर गस्तीले देशनिकाला गरेकाहरु भने यो तथ्यांकमा समावेश छैनन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले विमानस्थलबाटै फिर्ता पठाएका वा अन्य सिमाबाट फिर्ता पठाएकारुह पनि आइसको हिराशतमा नपरेको खण्डमा यो तथ्यांकमा समावेश छैनन् । आइसले हिराशतमा लिएर अमेरिकाबाट देशनिकाला गरेको हो । आर्थिक बर्ष सन् २०१८ मा अमेरिकाबाट देशनिकाला गरिएका २ लाख ५६ हजार ५ जनामध्ये आधाभन्दा धेरै मेक्सिकनहरु रहेका छन् । ग्वाटेमालाका झण्डै ५० हजार, होण्डुरसका २८ हजार ८ सय ९४, एल साल्भाडोरका १५ हजार ४४५ जनालाई अमेरिकाबाट देशनिकाला गरिएको छ ।

छोरी र श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

हेटौंडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई छोरी र श्रीमतीको हत्याको आरोपमा पक्राउ  गरेको छ । एक वर्षकी बालिका र २५ वर्षीय एक महिलाको शव फेला परेपछि प्रहरीले खोजतलास गर्दा निजको हत्या श्रीमान् रम्जानले गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय  जानकारी दिएको छ ।  हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै  रातु खोलामा हत्या गरेको स्वीकार गरेको  छ । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको  छ ।

 

 

घरमा आगो लाग्दा छ जना बच्चाको मृत्यु

रुसको दक्षिणी साराटोभ क्षेत्रको क्रास्नी कुट गाउँमा घरमा आगो लाग्दा दुई बच्चाको मृत्यु भएको छ । त्यस्तै उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा घरमा भएको आगलागीबाट तीन जना साना बालबालिकाको मृत्यु भएको छ । भने काजानमा पनि घरमा भएको आगलागीमा परेर दुई वयस्क पुरुष र एक बच्चाको   मृत्यु भएको  छ । रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

 

‘जात्रै जात्रा’ फागूण १७ मा प्रदर्शन रोकियो

केही दिन अगाडि चलचित्रको छायांकनमा जाने क्रममा नायक कार्की मोटरसाइकल दुर्घटनामा परेपछि फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकनमा गएको चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिमले अब यो मितिमा चलचित्र रिलिज हुन नसक्ने बताएको छ । चलचित्र रिलिज गर्न नसक्ने भएका हौं नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि अहिले छायांकन रोकिएको हो । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्कीको साथमा बर्षा राउत, रविन्द्र सिंह बाँनियाको मुख्य भूमिका छ ।

आज राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम

पुस : २०६२ साल पुस १ गते १६ डिसेम्वर संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै आज राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम गरी मनाइने भएको छ ।  ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको  हो । सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।

कांग्रेस महासमिति बैठकमा हिन्दु हस्ताक्षर संकलन

तीन सय बढी महासमिति सदस्य अभियानमा  नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ। चार सय जनाको हस्ताक्षर संकलन गरेपछि हिन्दु राष्ट्रबारे छलफल गर्न बैठकमा एजेन्डा लैजान मिल्छ ।  कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो। नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका  छन्। हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनीट्रक दुर्घटना – २० जनाको मृत्यु

 नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ । घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताउनुभयो । अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । गाडीमा ४० भन्दा बढी व्यक्ति सवार रहेको बताइएको छ । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो

नुवाकोटको सिद्दी गणेश विद्यालयका विद्यार्थीलाई जर्मनी संस्थाको सहयोग

भरतसन्तोषी,नुवाकोट :नुवाकोटको लिखु गाउँ पालिका-६ मा रहेको सिद्दी गणेश विद्यालयका विद्यार्थीलाई जर्मनी संस्था पार्सल अफ पिसले जाडोको मौसममा लगाउने न्यानो कपडा वितरण गरि सहयोग गरेको छ। हिजो आयोजित विद्यालयको एक कार्यक्रममा संस्थाले उक्त विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई न्यानो कपडा स्विटरको साथमा विद्यालय पोशाक प्रदान गरेको हो। कार्यक्रममा संस्थाको तर्फबाट बोल्नु हुँदै गोकर्ण गुणीले आगामी दिनमा समेत विद्यालयलाई सहयोग गर्ने बताउनुभयो।त्यस्तै संस्थाका अर्का प्रतिनिधि अर्जुन थपलियाले सरकारी विद्यालयलाई उपेक्षा गर्ने अभिभावकको धारण परिवर्तनको खाचो रहेको र विपन्न विद्यार्थी लाई सहयोग गर्न पाउँदा संस्था अत्यन्तै हर्षित भएको बतानुभयो। त्यस्तै विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलले सरकारी विद्यालयका विद्यालयलाई यसप्रकारको सहयोग अतुलनीय रहेकोे बताउनुभयो। यस जर्मनी संस्था पार्सल अफ पिसले नुवाकोट जिल्लाका विविन्न विद्यालयमा विद्यालय भवन निर्माण तथा दिवा खाजा कार्यक्रम समेत संचालन गरेर सहयोग गरिरहेको छ।

दाङमा आगोमा परी तीनको मृत्यु

दाङ :  फुसले छाएको घरमा आगलागी हुँदा   दाङको बंगाचुली गाउँपालिकामा एकै घरका ३ जनाको मृत्यु भएको छ।   विहीबार राति ८ बजेतिर सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा  गुराँसे ८ निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।   श्रीमती झारफुक गराउन गाउँ गएको बेला ७ वर्षीय छोरा कृष्णकुमार पुन, ५ वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।