न्यायको माग गर्दा गर्दै नन्दप्रसाद अधिकारीको निधन

न्यायको माग गर्दा गर्दै नन्दप्रसाद अधिकारीको निधन

दि पावर न्यूज संवाद दाता, काठमाडौ।-३२९ दिन देखि अनशन बस्दै आएका नन्दप्रसाद अधिकारीको निधने निधन भएको छ । आफ्नो छोराको हत्यारालाई कारबाहिको माग गर्दै आइरहेका नन्द प्रसाद ४ दिन देखि अचेत भैरहेका थिए र आज साझँ पाँच बजे उनको निधन भउको छ ।

वीर अस्पतालको आईसीयूमा उपचाररत ५४ वर्षका अधिकारीको सोमबार साँझ ५ बजे ३ मिनेट जाँदा निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

न्यूयोर्कमा चलचित्र “भिमदत्त” भव्यताको साथ प्रदर्शन साथै विशेष व्यक्तिहरूलाई सम्मान

चलचित्र “भिमदत्त” को प्रदर्शन न्यूयोर्क को कुइन्स थिएटर मा भब्यता को साथ प्रदर्शन भएको छ । उल्लेखनिय दर्शक हरु को सहभागिता बिच सम्पन्न उक्त कार्यक्रम एन आर एन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी को प्रमुख आतिथ्य मा सम्पन्न भए को थियो । सो कार्यक्रम मा दर्शक हरु ले मन मा लागेका बिभिन्न प्रश्न को जिज्ञासा उक्त चलचित्र का निर्देसक हिमग्याप लामा टासी सँग राखेका थिए ।

उक्त कार्यक्रम मा बिभिन्न क्षेत्र का बिशेष ब्यक्ती हरु लाई प्रमाण पत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सम्मानित हुने हरुमा चर्चित नयिका रेखा

सम्मान ग्रहण गर्दै राजन थपलिया
सम्मान ग्रहण गर्दै राजन थपलिया

थापाको आमा तथा प्रदर्शन हुन लगेको चलचित्र “हिम्मतवालि” को निर्मत्री सरस्वती थापा, “थिन्क अबाउट इट्”, “लाईफ इज नट इजि” जस्ता चर्चित किताब का लेखक राजन थपलिया, संचार कर्मी सैलेश श्रेष्ठ, गायक यम बाराल्, लोक गायाक सुमन बुढा मगर्, डेन्डी शर्पा , लोकप्रिय कलाकार श्री राम पुडासैनि, र सेर्पा किन्दुक का अध्यक्ष आङ जि सेर्पा हुनुहुन्थ्यो । उक्त कार्यक्रम युनाइटेड शेर्पा असोसियसन अमेरिका र नमस्ते अमेरिका ३ ले आयोजना गरेको थियो । आफ्नो चलचित्र को प्रदर्शन हुँदा पनि निर्देसक हिमग्याप लामा टासी ले चलचित्र “हिम्मतवालि” को पनि प्रचार प्रचार गर्नु भए को थियो । एक पटक सबै लाई यो चलचित्र हेरे र नयिका रेखा थापा को काम को मुल्याङकन गरिदिनु हुन अग्रह गर्नु भए को थियो । उक्त कार्यक्रममा निर्मात्री सरस्वती थापा र लेखक राजन थपलिया लाई बोल्न दिएको थियो । निर्मात्री सरस्वती थापा ले चलचित्र “भिमदत्त” को निकै तारिफ गर्नु भएको थियो साथै आफ्नो आगामी चलचित्र “हिम्मतवालि” हेर्न सबै लाई अग्रह गर्नु भए को थियो । चर्चित लेखक राजन थपलिया ले ” यो चलचित्रले देश को छाया, अनि देशको माया बोकेको छ । एक शब्दमा भन्नु पर्दा नेपाल को प्रतीनिधी गर्ने सिनेमा बनेको बताउनु भयो । युबापिढी हरुले आफ्नो ठाउ बाट सही समयमा आवज उठाउन सके अनि देशको लागि बिकास गर्ने लागि परे अबको १० बर्शमा नेपाल एक सम्पन्न देश हुने कुरा ठोकुवा गरे । “भिमदत्त” बाट आजका युबा पिढी हरुले एक गतिलो पाठ सिक्न सकिने बताए ।”भिमदत्त” चलचित्र एक उत्कृस्ठ सिनेमा बनेको अनि नेपाल लाई माया गर्ने हरुले नेपाली मन बोकेर यो चलचित्र एक पट्क सबै ले हेर्नु पर्ने ब ताउनु भए को थियो । साथै निर्देसक लामा को काम को निकै तारिफ गर्नु भए को थियो ।

 

सम्मनित सबै निकै प्रफुल्ल मुद्रा मा देखिए का थिए । साथै निर्देसक लामा को काम को निकै तारिफ चौतर्फी भएको थियो । निर्मात्री तथा साहित्यकार अनु साह पनि दर्शक हरु बाट सोचे भन्दा राम्रो प्रतिकृया पाए पछी निकै खुशी देखुनि भएको थियो । “भिम दत्त” नै बनाउनु बारे निर्देसक लामा भन्छन्- “देश लाई सिनेमा बाट योगदान दिउ साथै नेपालमा यस्ता महान ब्यक्ती हरु छन जस्ले समाज लाई माथि उठाउन चाहन्थे अहिलेका नया युबा पिढी लाई पनि एक सन्देश होस । उनिहरु पनि भिमदत्त ले जस्तै देश लाई माया गर्न सिकुन भन्ने मेरो बुझाइ छ।“ कृषक सहिदको रुपमा चिनिएका डडेलधुराका शहिद भिमदत्त पन्तको जीवन कथामा बनेको नेपाली कथानक चलचित्र लचित्र भिमदत्तको निर्देशन हिमग्याप लामा टासीले गरेका हुन् । नवल खड्काको प्रस्तुति रहेको यो फिल्ममा उनले मुख्य पात्र भिमदत्तको चरित्र पनि निभाएका छन् । ऐतिहासिक घटना र एक व्यक्तिले राष्ट्रप्रति देखाएको योगदानलाई अभिनय मार्फत न्याय गर्न कठिन भए पनि सक्दो प्रयास गरेको अभिनेता नवल खड्काले बताए । चलचित्र भिमदत्तको उत्पादन भने गोल्डेन आइ फिल्म प्रा.लि.ले गरेको हो भने कार्यकारी निर्माता प्रताप चन्द्र तामाङ रहेका छन् । निर्माता त्रय विष्णु थेवे, रामशरण बस्नेत, अनुराधा शाह रहेको यस फिल्मको पटकथा, संवाद भने शिवम् अधिकारीले लेखेका हुन् । नबल खड्का, निशा अधिकारी, सुमिना घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

कला कर्मी हरु को साथै निर्देसक लामा
कलाकर्मी हरु को साथै निर्देसक लामा

पोष्टबहादुर बोगटीको अन्त्येष्टि

काठमाडौ, भाद्र ३० – एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ६२ वर्षीय बोगटीको हृदयघातको कारण उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका दुई छोरीले बोगटीको पार्थिव शरीरमा दागवत्ती दिएका हुन् ।

हृदयघात भएपछि उनलाई बिहीबार राति सहिद गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्यापछि उनमा मस्तिष्कघातको उपचारको लागि उनलाई नर्भिक ल्याइएको हो ।

 

चलचित्र “भिमदत्त” भोली न्यूयोर्कको कुइन्स थिएटरमा भब्य प्रदर्शन हुँदै ।

देश लाई माया गर्नेहरु ले हेर्ने चलचित्र हो “भिमदत्त”

बहुप्रतिक्षारत नेपाली चलचित्र “भिमदत्त” सेप्टेम्बर १४ मा दिउसो को ठीक २ बजे  न्यूयोर्कमा रहेको कुइन्स थिएटरमा प्रदर्शन हुँदैछ । देश लाई माया गर्नु हुन्छ भने भोली जानुस कुइन्स थिएटर अनि  हेर्नुस चलचित्र “भिमदत्त” अन्तर्कृया गर्नुस यस चलचित्र को निर्देसक  हिमग्याप लामा टासी ज्यु सँग, अबश्य पनि आफ्नोपन को आभास पाउनु हुनेछ ।

यस अघी न्यूयोर्क कै सुन्नी साइडमा रहेको सेन्ट्रल सिनेमा भबनमा बुद्दिजिबि, कलाकर्मि, पत्रकार साथै स्थानिय जनता माझ रेड कार्पेट सो गरिएको थियो । अमेरिका को न्यूयोर्कमा रेड कर्पेट सो गरिएको यो पहिलो नेपाली चलचित्र पनि हो । “भिमदत्त” डढेलधुराका किसान नेता भिमदत्त पन्तको जीवनीमा आधारित फिल्म हो । भिमदत्त पन्त सुदुरपश्चिम जिल्लाको डँडेलधुरामा वि.स. १९८३ मंसिर १० गते जन्मिनु भएको हो । भिमदत्तको पत्नीको भूमिका निभाएकी अभिनेत्री सुमिना घिमिरेको अभिनयले सबैको छोएको थियो । प्रर्दशन पश्चात हाम्रो मृत प्राय भइसकेको राष्ट्रिय स्वाधिनता, राष्ट्रभक्तिलाई अवश्य पनि जगाउने कार्य गर्दछ ।

निर्देसक  हिमग्याप लामा टासी
निर्देसक हिमग्याप लामा टासी

उक्त कार्यक्रममा सिनेमा भबनमा दर्शकहरुले खाचाखच भरिएको थियो । हरेक सिनमा दर्शक बाट ताली को घड-घडहा आवज आइरहदा निर्मात्री अनु साह दङ थिएन । दर्शक हरु बाट सोचे भन्दा पनि राम्रो प्रतिकृया आयको निर्देशक बताउछन । “भिमदत्त” हेरे पछी धेरै दर्शक हरुले उनको निर्देसनको निकै तारिफ गरे । नेपाली चलचित्र क्षेत्रको लागि एक सम्पती हुन यस फिल्मका निर्देसक हिमग्याप लामा टासी । नया आयाम हुन यिनी । नेपाली फिल्म क्षेत्रमा पढेलेखेका मान्छे आएनन भन्ने हरुको लागि एक गतिलो जबाफ हुन उनि । न्यूयोर्क फिल्म एकेडेमी बाट फिल्म निर्देसनको अध्ययन पुरा गरेका लामा एक अत्यन्त सिक्षित्, बुदिजिबि, ज्ञान गुनले भरिपूर्ण ब्यक्ती हुन तथा फिल्म के हो भन्ने कुरा एक एक इन्च बुझेका ब्यक्ती हुन हिमग्याप लामा टासी । थुप्रै फिल्मको अफर आउँदा पनि सबै फिल्म लाई छोडेर “भिम दत्त” नै बनाउनु बारे निर्देसक लामा भन्छन्- “देश लाई सिनेमा बाट योगदान दिउ  साथै नेपालमा यस्ता महान ब्यक्ती हरु छन जस्ले समाज लाई माथि उठाउन चाहन्थे अहिलेका नया युबा पिढी लाई पनि एक सन्देश होस । उनिहरु पनि भिमदत्त ले जस्तै देश लाई माया गर्न सिकुन भन्ने मेरो बुझाइ छ।“

कृषक सहिदको रुपमा चिनिएका डडेलधुराका शहिद भिमदत्त पन्तको जीवन कथामा बनेको नेपाली कथानक चलचित्र  लचित्र भिमदत्तको निर्देशन हिमग्याप लामा टासीले गरेका हुन् । नवल खड्काको प्रस्तुति रहेको यो फिल्ममा उनले मुख्य पात्र भिमदत्तको चरित्र पनि निभाएका छन् । ऐतिहासिक घटना र एक व्यक्तिले राष्ट्रप्रति देखाएको योगदानलाई अभिनय मार्फत न्याय गर्न कठिन भए पनि सक्दो प्रयास गरेको अभिनेता नवल खड्काले बताए । चलचित्र भिमदत्तको उत्पादन भने गोल्डेन आइ फिल्म प्रा.लि.ले गरेको हो भने कार्यकारी निर्माता प्रताप चन्द्र तामाङ रहेका छन् । निर्माता त्रय विष्णु थेवे, रामशरण बस्नेत, अनुराधा शाह रहेको यस फिल्मको पटकथा, संवाद भने शिवम् अधिकारीले लेखेका हुन् । नबल खड्का, निशा अधिकारी, सुमिना घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको  छ।

10615644_10201812699994208_1170957809155369992_n

http://queenstheatre.org/getting-theatre

दसैँको शुभ साइत सार्वजनिक

भदौ २७, नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ। असोज १५ गते बुधबार फूलपातीका दिन फूलपाती भित्र्याउनका लागि भने साइतको आवश्यक्ता नपर्ने समितिका अध्यक्ष अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले गौतमले बताए।

 असोज १६ गते बिहीबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ। असोज १७ गते शुक्रबार महानवमी र विजयादशमी एकै दिन परेको छ। त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ आदि कार्य सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको पनि अध्यक्ष गौतमले बताए।

असोज १७ गते शुक्रबार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको छ। शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्नका लागि साइत नचाहिने पनि उनले स्पष्ट पारेका छन्।

   खड्गयात्रा असोज १७ गते विजयादशमीकै दिनमा परेको छ। दुर्गा पक्षमा तान्त्रिक विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २१ गते मङ्गलबार समाप्त गर्नुपर्नेछ। त्यसै दिन कोजाग्रत पूर्णिमा व्रत परेको पनि समितिले जनाएको छ।

 यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ। नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो।  नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो। चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ।

जनमैत्री अस्पतालको दैनिक आम्दानी सभासद जनार्दन शर्माको घरमा

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमाओवादी सभासद जनार्दन शर्माले जनमैत्री अस्पतालको पैसा आफ्नो घरमा जम्मा गर्न लगाउने गरेको र संसदमा भन्दा बढी समय अस्पतालमा विताउने गरेको समाचार बुधबार साप्ताहिकले छापेको छ । नयाँ ब्यवस्थापनले चित्तबुझ्दो ढंगले अस्पताल चलाउन नसकेको र झनै भद्रगोल हुन पुगेको आरोप लगाउँदै नाबेल समूहबाट ब्यवस्थापनको तालाचाबी प्रभाकर आफैले लिएका हुन् । सार्वजनिक लेखा समितिका सभापति भएका प्रभाकर अचेल संसद भवनतिर भन्दा जनमैत्री अस्पतालमा नै बढी समय भेटिन्छन् । नोबेल समूहले ब्यवस्थापनको जिम्मा लिनुअघि पनि उनले नै अस्पतालमा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने गर्दथे । दैनिकरुपमा आम्दानी भएको रकम नै उनको घरमा पुर्याउन थालिएपछि कर्मचारीहरुले समयमै तलब पाउन नसकेपछि उनीविरुद्ध एमाओवादीका शीर्ष नेताहरुसमक्ष कुरा पुगेको बताइन्छ ।’ बुधबार प्रकाशित सो साप्ताहिकमा लेखिएको छ-

१० वटा जलविद्युत आयोजनाको अनुमतिपत्र अख्तियारको ‘खारेज’ प्रकृयामा

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ ।-अख्तियार दुरुपयोग अनुसन्धान आगोगले १० वटा जलबिधुत आगोजनाको अनुमति पत्र खारेजको प्रकृयामा लान सरकारलाई आग्रह गरेको छ । निर्धारित समयमा काम गर्न नसक्ने र पिपिए संझौता गर्न नसक्ने अनुमति पत्र खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आगोगले निर्देशन दिएको छ ।

अनुमतिपत्रमा उल्लेखित सर्त अनुसार तल्लो अरुणले २०७१ को बैशाख ३०, माथिल्लो सोलुले असार ३०, छहरे खोलाले साउन १, माथिल्लो खोरङ्गाले असार २९, माथिल्लो मैलुङले २०७० को पुस १९, मिदिम खोलाले पुस २८, तल्लो इन्द्रावतीले २०६२ जेठ २१ मा वित्तिय ब्यबस्था र पिपिए गरिसक्नु पथ्र्यो । सर्त पुरा नगरेका कारण यी आयोजनाको उत्पादन अनुमतिपत्र खारेज गर्न अख्तियारले निर्देशन दिएको हो । यी आयोजनाका प्रबर्द्धकमा क्रमशः लोअर अरुण हाइड्रोइलेक्टि्रक, बेनी हाइड्रोपावर प्रोजेक्ट, छहरेखोला हाइड्रपावर कम्पनी, तेह्रथुम हाइड्रोपावर कम्पनी, मोलिनिया पावर लिमिटेड, मिदिम हाइड्रापावर प्रालि र सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।

तल्लो इन्द्रावतीको २०५९ मंसिर २३ मा र माथिल्लो मैलुङको २०६८ भदौ २३ मा पिपिए भएपनि हालसम्म वित्तिय ब्यबस्था हुन सकेको छैन । त्यस्तै माथिल्लो सोलुको पनि २०६९ मंसिर १६ मा पिपिए भएपनि बित्तिय ब्यबस्था हुन सकेको छैन ।

त्यस्तै भोटेकोशी- ५ -६० मेगावाट), करुवा खोला -३६ मेगावाट) र बुकुखोला -६ मेगावाट) को सर्वेक्षण अनुमति पत्र ‘खारेज’ गर्न निर्देशन दिएको छ । यी आयोजनाको सर्वेक्षण अनुमतिपत्र ५ वर्ष नाघेकाले खारेज गर्न निर्देशन दिएको हो । ‘कानून अनुसार सर्वेक्षण अनुमतिपत्रको अवधि बढीमा ५ वर्षको हुन्छ,’ अनुसन्धान अधिकृत श्रेष्ठले भने, ‘हामीले ऐन, नियम र सर्त अनुसार कारवाही गर्न निर्देशन दिएका हौं । त्यो भनेको अनुमतिपत्र खारेजी नै हो ।’ प्राधिकरणको तथ्याङ अनुसार बुकु खोलाको पिपिए २०७० जेठमा भइसकेको छ । उक्त आयोजनाले २०७४ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 ‘कानूनले तोकेभन्दा बढी समय अनुमितपत्र होल्ड गरि राज्यको स्रोत साधन दुरुपयोग गर्न मिल्दैन,’ अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भने, ‘झोलामा खोला नराख्नु भनेर निर्णय गरिएको छ । यस्तो प्रकारको यो पहिलो निर्णय हो ।’

चावहिलस्थित गोपीकृष्ण सिनेमा हल छेवैमा बा १ ख ९२४० नम्बरको बस दुर्घटना

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।- काठमाडौंको चावहिलस्थित गोपीकृष्ण सिनेमा हल छेवैमा नयाँ बसपार्कबाट पुरानो बसपार्क जाँदै गरेको मध्यउपत्यका यातायातको बा १ ख ९२४० नम्बरको बस सडकको  छेवैमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ यात्रु गम्भीर घाइते भएका छन् । अत्यधित गतिमा भएको कारण दुर्घटना भएको बसमा यात्रारत घाइते ले बताए । खानेपानीको खाल्डोबाट बचाउन ब्रेक लगाउँदा गाडी पल्टिएको थियो । घाइतेहरुको ओम हस्पिटक चावहिलमा उपचार भइरहेको छ ।

१८ वर्षकी युवतीको कुकुरसँग विवाह

 

भदौ १८ – भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।

झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।

[embedplusvideo height=”450″ width=”650″ editlink=”http://bit.ly/1BcQOd9″ standard=”http://www.youtube.com/v/EcyDb3w5PLQ?fs=1&vq=hd720″ vars=”ytid=EcyDb3w5PLQ&width=450&height=450&start=&stop=&rs=w&hd=1&autoplay=1&react=1&chapters=&notes=” id=”ep8847″ /]

मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए ।   भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् ।

– वेलायती अनलाइन डेलीमेलमा प्रकाशित समाचारका आधारमा

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रीराधाअष्टमी महामहोत्सव

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रीराधाअष्टमी महामहोत्सव समारोह २०७१ कार्यक्रम भैरहेको हुदा सम्पुर्ण महानुभाबहरुलाई यहा पाल्नु हुन अनुरोध गर्देछौ ।

स्थान –अग्रवाल भवन, कमलपोखरी
दिन – छैटौ दिन को कार्यक्रम
आयोकम समिति
धन्यवाद

2014-09-01_16-36-12_938 1409576433612