दाइजो खोसेको भन्दै प्रेरणाले हालिन सरकारविरुद्ध मुद्दा

himani

दाइजो खोसेको भन्दै प्रेरणाले हालिन सरकारविरुद्ध मुद्दा

काठमाडौँः आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन्। विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ। प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन्। उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो।
कित्ता नम्बर २५ को उक्त घरजग्गा काठमाडौं महानगरपालिका १३ छाउनीमा छ। अर्बौं रुपैयाँ पर्ने उक्त घरजग्गाको क्षेत्रफल ०७६६४।६० वर्गमिटर छ। इजलासले निवेदिकाको मागबमोजिम आदेश जारी हुन नपर्ने भए आधार र कारण खोलेर १५ दिनभित्र लिखित जबाफ पेस गर्न विपक्षी सरकारलाई आदेश दिएको छ। विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा दाइजो बकस दिएको तर सरकारले जबरजस्ती ट्रस्टमा राखेको दाबी प्रेरणाको छ।
‘मेरो हकभोगको दाइजो बकसको सम्पत्ति मेरो जानकारी एवं मञ्जुरीबिना अनाहकमा अपहरण हुने गरी ट्रस्टमा राखेकाले संवैधानिक एवं कानुनी हकमा आघात पुग्न गएको छ’, प्रेरणाले सर्वोच्चमा सोमबार दर्ता गरेको रिट निवेदनमा उल्लेख गरेकी छन्, ‘त्यस्तो अनधिकृत, स्वेच्छाचारीपूर्ण एवं गैरकानुनी निर्णय बदर गराई न्याय माग्ने अन्य प्रभावकारी वैकल्पिक उपचार अभाव भएको हुँदा सम्मानित अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७ बमोजिम यो निवेदन गरेकी छु।’
एकलौटी हकभोग हुने गरी दाइजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालीन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले २०६२ साल जेठ १० गते राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग ९राजदरबार० लाई लेखेको पत्रससहितका कागज प्रमाण रिटसँगै पेस भएको छ।
आफूसँग नसोधी सरकारले प्राकृतिक न्यायको सिद्धान्तविपरीत घरजग्गा ट्रस्टमा ल्याउने निर्णय गरेकाले बदर गर्न उनको माग छ। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राखेको हो।
आफ्नो विवाह हुँदा र दाइजो लिँदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाइजो बकसपत्र सम्बन्धमा कुनै प्रश्न उठाउन नपाइने दाबी उनले गरेकी छन्।
अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर छ। सरकारले निर्णय कार्यान्वयन गर्न भन्दै ट्रस्टको नाममा बनाउन २०६४ पुस १ गते मालपोत कार्यालय कलंकीलाई परिपत्र गरेको थियो।
विधिवत् प्राप्त दाइजोको सम्पत्ति अपहरण हुन नसक्ने जिकिरसहित रिटमा लेखिएको छ, ‘स्वास्नी मानिसलाई माइतीमावलीपट्टिका नातेदार इष्टमित्रले दिएको चल अचल र त्यसबाट बढेबढाएको सम्पत्ति दाइजो हुने र त्यस्तो दाइजोको सम्पत्ति पाउनेले आफूखुस गर्न पाउने भन्ने मुलुकी ऐन स्त्री अंश धनको ४ र ५ नम्बरको कानुनी व्यवस्थाले पनि हक सुनिश्चित भई अकाट्य रहेको छ।’
उक्त घरजग्गा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, उनका छोराहरू दीपेन्द्र र निराजन कसैको नाममा नरहेको दाबी पनि रिटमा लिइएको छ। उक्त घरजग्गा ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरबारको नाममा स्रेस्ता कायम रहेको छ।
उक्त विवादमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सुनुवाइपछि मन्त्रिपरिषद्, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नारायणहिटीस्थित नेपाल ट्रस्टको कार्यालय र मालपोत कार्यालय कलंकीसँग कारण माग गरेको छ।
इजलासले निवेदिकाको मागबमोजिम आदेश जारी हुन नपर्ने भए आधार र कारण खोलेर १५ दिनभित्र लिखित जबाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।
यस्तै इजलासले विपक्षीसँग २०६४ पुस १ गतेको उक्त घरजग्गा ट्रस्टमा राने निर्णय कार्यान्वयनसम्बन्धी पत्र र सम्बन्धित अन्य सक्कल कागजात पनि मागेको छ। मुद्दालाई छिटो निचोडमा पुस्याउन अग्राधिकार पनि प्रदान गरिएको छ। अन्नपूर्ण पोष्टबाट

Sagpat

स्वस्थय रहनको लागी हरियो साग भोजनमा अनिबार्य

 माघ १८ , काठमाडौं – तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ । तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।
fage Lenience

मिलेमतोमा नक्कली लाईसेन्स – यातायातका कर्मचारी नै संलग्न

१७ माघ, काठमाडौं– यातायात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा विगत पाँच वर्षदेखि धमाधम नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बिक्री हुँदै आएको रहस्य खुलेको छ ।  यातयात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा पाँच वर्ष देखि नक्कली लाइसेन्सको धन्दा संगठित रुपमा चलाउँदै आएको बयान पक्राउ परेका दुईजनाले दिएका छन्।  ट्राफिक प्रहरीले लाईसेन्स बनाउन प्रयोग गर्ने प्रिन्ट मेसिन र तयारी अवस्थाका दर्जनौ लाईसेन्स सहित उनीहरूलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नक्कली लाईसेन्सबारे जानकारी दिंदै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने,’ यातायातका कर्मचारीकै मिलेमतोमा लाईसेन्स बनाउने गरेको सूचना हामीले पाएका छौं।’पक्राउ पर्नेमा श्यामकृष्ण डंगोल र कुसुन्तीका रमेश नापित छन्।
Can

भृकुटी मण्डपमा क्यान मेला सुरु

माघ १४, कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा आज देखि क्यान इन्फोटेक सुरु । ईन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघले जनाएको छ । ६ दिन सम्म चल्ने इन्फोटेकमा झण्डै १ सय ५० कम्पनीले स्टल राख्ने छन ।   कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघले जनाएको छ । सुविसुले इन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ । सामसुङले दैनिक लक्की ड्र, एक्सचेन्ज अफर तथा सामानको खरिद गर्ने ग्राहकलाई उपहार दिने तयारी गरेको छ ।  एक्स्पो अवलोकन गर्न १ सय ५० रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ ।

obama with modi

अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको ६६औं गणतन्त्र दिवस भ्रमणमा

 माघ १२ – अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न आइतबार बिहान पालम एयरपोर्ट पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपराह्नको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामीबीच ‘फुलस्टप’ र ‘कमा’ भन्दा परतिरको सम्बन्ध स्थापित हुनुपर्छ, म र बाराकबीच यस्तै ‘केमेस्ट्री’ मा विशिष्ट सम्बन्ध स्थापित हुन सकेको छ। हैदराबाद हाउसको बगैंचामा आयोजित दुई विशिष्ट नेताबीचको चियापानमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ओबामालाई कपमा चिया भरेर आफैं दिएका थिए। ‘चाये पर चर्चा’ भन्दै सुरु भएको मिडिया बहसमा दुई विशिष्ट नेताबीचको ‘शारीरिक हाउभाउ’ र संकेतको अनुमान भइरहेको थियो। प्रधानमन्त्री मोदी र राष्ट्रपति ओबामाबीच कुराकानी गर्न पहिलोपटक ‘हटलाइन’ फोनको व्यवस्था गरिएकोदेखि इलाहबाद, विशाखापट्नम र अजमेरलाई ‘स्मार्ट सिटी’ बनाउनेसम्मका सहमति दुई पक्षमा जुटेकोबारे विदेश सचिव सुजथा सिंहले जानकारी दिएकी थिइन्। विदेश मन्त्रालयले दिएको जानकारीमा भारत-अमेरिकाबीच रहेको परमाणु सम्झौता अबको १० वर्षका लागि नवीकरण भएको र परमाणु ऊर्जा उत्पादनका क्षेत्रमा समेत योजना अघि बढ्ने जनाइएको छ। आतंकवाद प्रतिरोधको अभियानमा दुईदेशीय सहकार्य जारी रहने र द्वन्द्वोत्तरपछिको स्थितिमा पुनर्निर्माणको दिशामा रहेको अफगानिस्तानलाई दुवै देशले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत बाहिर आएको छ।

PK in super exclusive club.

New York  – The most awaited Bollywood movie PK became top gross movie ever. Aamir Khan Starar Pk is directed by Raj Kumar Hirani. After the huge success of 3 idiots Aamir Khan and Raj Kumar Hirani is back together. PK earned more than $180 Coror in the first week.
First week Dhhom 3 earned 179 Crore in one week, but the PK earned 184 Crore in one week. PK has been highest-grossing Indian film of all time.

Aamir Khan and Anushka Sharma in lead roles, with Sushant Singh Rajput, Boman Irani, Saurabh Shukla, and Sanjay Dutt in supporting roles. PK tells the story of an alien who comes to Earth on a research mission. The Movie is based on family drama and religious superstition.
Once again Aamir proved himself, he is one of the most successful superstar.

पावर न्युज आज देखी अङ्रेजी भर्सन मा पनि

काठमाडौं -नेपाल सरकार द्वारा मान्यता प्राप्त अन लाईन नेटवक, पावर न्युज आज देखी अङ्रेजी भर्सन मा पनि  यहाँ हरु माझ आएको छ । छोटो समय मा नै निकै लोक प्रिय अन लाईन “दि पावर” न्यूज का सम्पादक दिपक न्यौपानेले एक कार्यक्रममा जानकारी दिनु भयो । भने प्रधान सम्पादक महेश भण्डारीले  ले पावर न्यूज अन्तर्गत का बिभिन्न ब्यक्ती तथा नेटवक का सन्चार कर्मी हरु लाई जानकारी गराएका छन । पावर न्युज का सस्थापक राजन थपलिया ले राष्ट्रिय तथा अन्तराष्ट्रिय हित मा पावर न्युज अझै ससक्त रुप मा अघी बढ्ने प्रतिबदता गर्नु भएको छ ।

 

 

SUBISHU

दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेटलाई बिशेष सम्मान

काठमाडौ, पुस २५, बालुवाटार स्थित सु बि सु केवल नेट प्रा लि को प्राङ्गडमा भएको एक कार्यक्रममा दि पावर न्युज मिडियालाई सु बि सु केवल नेट प्रा लि ले इन्टरनेट सेवा सहयोग पु¥याउदै आएकाले  दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेट प्रा लि लाई बिशेष धन्यवाद व्यक्त गरियो । सु बि सु केवलका युवराज कार्की लाई  एक कार्यक्रममा पावर न्युज मिडियाका अध्यक्ष दिपक न्यौपाने ले सम्मान पत्र सहित खादा लगाई सहयोगको लागी कृतज्ञता व्यक्त गर्नुभयो, भने कम्पनीका एक्जुकेटीभ डाइरेक्टर आनन्दराज त्रिपाठीले खादा लगाई बिशेष धन्यवाद दिनुभयो ।

तस्विर ः जयराम दाहाल, काडमाडौ ।

Churot Surti

विद्यालय नजिकै सुर्ती, चुरोटको विक्रीप्रति चिन्ता

सरकारले शिक्षण संस्थाहरु एक सय मिटर वरपर चुरोट लगायत सुर्तीजन्य वस्तु विक्री गर्न प्रतिबन्ध लगाएको भएपनि त्यसको पटक्कै अनुगमन नभएको पूर्वी नेपालको झापाका अभिभावकहरुले बताए। शिक्षण संस्थाका प्रमुखहरुले चाहिँ नजिकै रहेका पसलहरुले सुर्तीजन्य पदार्थ विक्री गर्ने गरेका कारण आफूहरु चिन्तित भएको बताए।

चिकित्सकहरु भन्छन्, सुर्तीजन्य पदार्थको सेवन गर्नबाट युवालाई नबचाए भविष्यमा विभिन्न प्रकारका क्यान्सर, मस्तिष्क श्राव, मुटु रोग लगायतका रोगहरुको स्थिति अझ भयावह हुनेछ। उनीहरुको भनाईमा सरकारी नियन्त्रण समितिले अनुगमन गर्दैन। सरकारी नियन्त्रण समितिले अनुगमन नै नगरेको गुनासोका माझ स्वास्थमन्त्रीले आईन्दा जिल्ला-जिल्लामा त्यसको कडाई गरिने बताएका छन्। गोमेन्द्र कलेजका प्राचार्य रुपक खनालले भने, “कक्षा कोठाहरुमा यति धेरै गुट्खा र सुर्तीका खोलहरु हुन्छन् कि तिनलाई बढार्न एउटा मान्छे नै खटाउनुपर्ने स्थिति छ।” शिक्षण संस्थासंगै टाँसिएर रहेका पसलहरुमा राखिने सुर्तीजन्य पदार्थ धेरै शिक्षण संस्थाको टाउको दुखाईको विषय बनेको छ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको तथ्यांक अनुसार सुर्ती जन्य पदार्थ सेवनकै कारण नेपालमा प्रत्येक २ घण्टामा एकजना व्यक्तिको मृत्यु हुने गरेको छ वार्षिक १५ हजार व्यक्तिको सुर्ती सेवनका कारण मृत्यु हुने गरेको र ३ हजार व्यक्तिको अन्य व्यक्तिले सेवन गरेको असरले मृत्यु हुने गरेको छ।
Banda Industry

आफ्नै पेटमा लात्ती – श्रमिककै कारण पाँचवटा ठूला कल-कारखाना बन्द

काँकडभिट्टा, पुस २२ – तयारी पोसाक उत्पादनमा कहलिएको भद्रपुरको मोमेन्टो एपरेल्स ठप्प भएको तीन वर्ष पुग्यो । जिल्लाकै ठूलो लुना मल उद्योग बन्द भएको त एक दशक नै नाघ्यो । १० वर्षभित्र झापामा आधा दर्जन ठूला उद्योगमा ताला लागिसकेको छ । जिल्लामा आर्थिक स्रोतको दरिलो माध्यम मानिएका यस्ता ठूला उद्योग धमाधम  बन्द हुनुकोे गाँठी कारण श्रमिक आफैं थिए । “झापामा जति उद्योग बन्द भए, ती सबैका कारक श्रमिक आफैँ हुन्,” झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरे भन्छन्, “६ वटा ठूला उद्योगमध्ये पाँचवटा श्रमिकका कारण बन्द भएको देखिन्छ । यही प्रवृत्ति हावी हुने हो भने अझै धेरै उद्योग तत्काल बन्द हुने अवस्थामा छन् ।”

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको एकल स्वामित्वको गार्मेन्ट उद्योग बन्द हुनुको मुख्य कारण पनि श्रमिक नै थिए । खास गरी माओवादीसम्बद्ध श्रमिकको बारम्बारको आन्दोलनले समस्या पैदा भएको व्यवस्थापक टीकाराज ढकाल बताउँछन् । “श्रमिकहरू कामचाहिँ नगर्ने,” ढकालले भने,  “आन्दोलन मात्रै गरेर उद्योग कसरी चल्छ ?” झापा, दुवागढी-३ को लुना मल उद्योग बन्द भएको १० वर्ष नाघ्यो । “०५९ सालमा १५ दिन चलेपछि बन्द भएको उद्योग अझै खुल्न सकेको छैन । सिक्किमका अशोक सुब्बाको लगानीको उद्योग बन्द हँुदा दुई सयभन्दा बढी श्रमिक बेरोजगार बनेका थिए । “सरकारले तोकेको ज्याला लागू गर्नुपरे अधिकांश चिया उद्योग बन्द गरे हुन्छ,” पौडेल भन्छन्, “सरकारले तोकेको ज्याला झापाका चिया उद्योगले थेग्न सक्ने स्थिति छैन ।”