कांग्रेसले अवरूद्ध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

१ बजेदेखि सुरू भएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेपछि  स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसद अवरूद्ध पारेका हुन्। कांग्रेस सांसदहरू बैठक अवरूद्ध गर्न उठेपछि सभामुख कृष्णबहादुर महराले सरकारले उनीहरूको माग पूरा गरेकाले बस्न अनुरोध गरेका थिए।  कांग्रेस सांसदहरू नबसेपछि संसद स्थगित गरेका हुन्।

Spread the love