काबुलमा अात्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु

bus_afganistan

६ असार, काठमाडौं – रोयटर्स समाचार संस्थाका अनुसार अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान एउटा मिनीबसमाथि भएको बम आक्रमणमा नेपाली सुरक्षा गार्डहरु परेको आशंका गरिएको छ । पुल ए चर्खी भन्ने स्थानमा बसबाट शवहरु निकालिदै गरेको स्थानियले देखेका छन् ।
रोयटर्सलाई एक सरकारी सूत्रले जनाएअनुसार बसमा नेपाली सुरक्षा गार्डहरु रहेका थिए । तर, अर्को सूत्रले भने बसमा अफगानिस्तानका सरकारी कर्मचारीहरु सवार भएको बताएको रायटर्सले जनाएको छ । अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूज टिभीले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार मृत्यु हुनेको संख्या १३ रहेको छ भने घाइतेको संख्या २६ रहेको छ । अात्मघाती अाक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे भएको जनाइएको छ । विस्फोटको जिम्मेवारी तालिवानले लिएको अफगानिस्तानका सञ्चार माध्यमले जनाएका छन् ।
को को परे ?

अकुर तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुकबहादुर गुरुङ, स्याङ्जा

डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन

जितेन्द्रसिंह थापा, बुटवल

Spread the love