प्रथम महिला राष्ट्रपति – विद्या भण्डारी

Bidhya-Bhandari-becomes-Nepal-first-woman-President

११ कात्तिक, काठमाडौं – गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन् ।  ०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी छन् । भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी भूमिकामा रहेको भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै फेरि राजनीतिमा फर्किइन् ।

 

Spread the love